ट्रेन्डीङ्ग

विप्लव नेकपा गुलरिया नगर कमिटीको प्रथम बैंठक सम्पन्न

रमेश प्याकुरेल साउन १४ बर्दिया । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , बर्दिया जिल्ला अन्तर्गत गुलरिया नगरको प्रथम पुर्ण बैठक बिहीबार सम्पन्न भएको छ।नेकपा बर्दिया जिल्लाको नगरको प्रथम बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो।

बैठकलाई सम्बोधन गर्दै बर्दिया जिल्ला सेक्रेटरी तथा बैठकका प्रमुख आतिथि गणेश चौधरीले पार्टीले अघि सारेको नयाँ कार्यनीतिक योजना जनमतसंग्रह मार्फत बैज्ञानिक समाजवाद प्राप्तिको बारेमा स्पष्ट पार्नुभयो।

उहिले दलाल संसदीय व्यवस्थाको चरम संकटमा पुगेको बताउदै सबै देशभक्त क्रान्तिकारी, कम्युनिस्ट, सच्चा लोकतन्त्रवादी शक्तिहरू विचको भेटघाट सहकार्यको आवश्यक्ता रहएको बताउनु भयो।
एक फरक प्रसंगमा सेक्रेटरी गणेशले संसदीय व्यवस्था स्वीकार गरेर वार्तामा आएको भनेर भ्रम सिर्जना गर्ने प्रतिक्रियावादी तत्वहरु दिनरात लागिपरेको बताउनु भयो ।उहाँले भन्नुभयो हामिले बिद्रोह संसदीय व्यवस्था विरुद्ध गरेको र यो व्यवस्थालाई ध्वस्त गरि छाड्छौ।

नेकपा गुलरिया नगर सेक्रेटरी पदम, को संचालन तथा गुलरिया नगर ईन्चार्ज क. घर्ती को अध्यक्षतामा भएको थियो । नेकपा बर्दिया जिल्ला सेक्रेटरी क. गणेश चौधरी , विद्यार्थी संगठन बर्दिया जिल्ला इन्चार्ज क. लोकेश जोशी को आतिथ्य रहेको थियो । नगरको प्रथम पुर्ण बैठकले १५ सदस्यीय नगर समिति चयन गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal