ट्रेन्डीङ्ग

अभद्र व्यवहार गर्ने खड्कालाई कार्वाहीको माग राख्दै जिल्ला अस्पताल अर्घाखाँचीले निकाल्यो विज्ञप्ति

हलिम खाँन सन्धिखर्क                                             अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमलाई दुर्व्यवहार गर्ने राष्ट्रिय सभाका पुर्व सदस्य तथा नेकपा एमालेका नेता चन्द्रबहादुर खड्का उज्वललाई अर्घाखाँची जिल्ला अस्पतालले कारबाहीको माग गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र अस्पतालका प्रमुख डाक्टर कपिल गाैतमद्वारा बिहीवार संयुक्त विज्ञप्ती जारी गरी डा. गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गर्ने खड्कालाई प्रचलित कानुन अनुसार कारबाहीगर्न माग गरेका हुन ।

गाैतमले भने “स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्नुका साथै अक्सिजन मिलाईदिन भित्र पठाएर एम्वुलेन्सभित्र केहिबेर मलाई थुन्नुभाे ।” “बिरामी बाेक्ने पवित्र एम्वुलेन्सलाई लात्ताले हिर्काउनुभाे ।”अन्य स्वास्थ्य कर्मचारीहरुप्रती पनि खड्का निकै आक्रामक देखिएको र अस्वभाविक ढंगले प्रस्तुत भएको कुरा उक्त विज्ञप्तिमा उल्लेख छ।

स्वास्थ्यकर्मीहरुकाे मनाेवल गिर्नेगरि सम्मानित व्यक्तिबाट व्यवहार हुँदा आफुलाई निकै दुख लागेकाे डा. गाैतमले बताएका छन् ।
” केही असामान्य व्यवहार सहित हामीमाथि दुर्व्यवहार भएकाे हाे ।” गाैतमले भने “तर हातपात नै भएकाे र भाैतिक आक्रमण भएकाे अवस्था चै हाेइन । ”

अस्पतालद्वारा जारि विज्ञप्तिमा खड्काले गरेको दुर्व्यवहारले कोरोनाको भयावह अवस्थामा स्वास्थ्यकर्मीहरु अहोरात्र विरामीहरुको सेवामा खटिरहेको तर जिम्मेवार व्यक्तिले नै अस्पतालका स्वास्थ्यकर्मीहरुको मनोवल गिराउने काम गरेको उल्लेख छ । यसप्रकारको निन्दनीय घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई अनुरोध समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal