ट्रेन्डीङ्ग

विप्लव नेकपाले ताप्लेजुङमा निर्माण गर्‍यो ५०० जना अट्ने सामुदायिक भवन,१० रोपनीमा किवी खेती

ताप्लेजुङ ,१३ साउन। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले ५०० जना सम्म अट्ने समाज घर निर्माण गरेको छ । सरकारसँग ३ बुँदे सम्झौता भएर पार्टी माथिको प्रतिबन्ध फुकुवा भएसँगै यतिबेला नेकपाका नेताकार्यकर्ताले देशभर खुल्ला रूपमा सामाजिक कार्यहरू गर्दै आइरहेका छन्,।

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ५ हेल्लाेकमा उक्त समाजघर निर्माणकाे काम अन्तिम चरणमा पुगेको जिल्ला सचिव असलले जानकारी दिनुभयो । उक्त भवन कम्युनिस्ट संस्कार अनुसार समाजले प्रयोग गर्न पाउने जानकारी प्राप्त भएको छ ।

त्यस्तै “एक संगठन एक उत्पादन” काे नाराका साथ पार्टीले १० राेपनिमा किवी खेतिकाे शुरूवात गरेको छ । हरेक राजनीतिक संगठन उत्पादनमा जाेडिनुपर्ने पार्टीको प्रावधान अनुरूप देशैभर यतिबेला नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता कृषि तथा उत्पादनमा जाेडिएका हुन्,। पार्टीको आम्दानीको मुख्य स्राेत नै आफ्नै उत्पादन रहेको नेकपाले जानकारी दिएको छ।


यसअघि झापा, माेरङ्ग , सुनसरी ,इलाम लगायतका पुर्वी जिल्लाहरूमा पनि नेपाल कम्युनिस्ट पार्टीले कृषि तथा उत्पादनकाे काम शुरू गरिसकेको छ। वैज्ञानिक समाजवाद नै अबको विकल्प रहेको ठहर गर्दै नेकपालेे यतिबेला दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भन्ने विषयमा जनमतसंग्रहकाे माग गरिरहेकाे छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?