ट्रेन्डीङ्ग

सुनवल नगरपालिका वडा नम्बर ४ शुभमनगरमा अबस्थित शिबालय मन्दिरमा चोरी

सागर पौडेल, साउन १३ सुनवल
पश्चिम् नवलपरासी को सुनवल नगरपालिका वडा नम्बर ४ शुभमनगरमा अबस्थित शिबालय मन्दिरमा चोरी भएको छ ।

सोमबार आएका भक्तजन र मंगलबार मङलचौथी पुजा गर्न आएका भक्तजनहरुले चढाएको रकम मंगलबार राती चोरले चोरेको हो ।

शिवालय मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद आचार्यका अनुसार आखि झ्याल बाट प्रवेश गरेर दानपेटिका लाई असर नहुने गरि दानपेटिकाको पैसा लानुका साथै शिबलाय मन्दिर नजिकै रहेको दुर्गा मन्दिर को पनि दानपेटिका को पैसा लगेको छ । दुबै मन्दिर को दानपेटिकामा कति रकम थियो भन्ने कुरा यकिन हुन भने सकेको छैन । मन्दिर नजिकै रहेको भैरब हार्डवयर पसल को ट्याक्टरको सामान समेत चोरले चोरेको जानकारी दिनु भएको छ ।

भैरव हार्डवयर को सिसि क्यामेरा बाट फोटो चेक गर्दा फोटो स्पष्ट देखिएको छैन। पैसा लगेको छ तर मन्दिर वरपर कुनै क्षति भएको छैन अचम्म मान्दै अध्यक्ष आचार्य ले बताउनु भयो ।
उक्त दान पेटिका बाट उठेको रकम ले जेष्ठ नागरिक दिवा संचालन गर्नमा सहयोग मिलेको अध्यक्षले बताउनु भयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?