ट्रेन्डीङ्ग

खेतबारीका मकै बदेलले नष्ट गरेपछि सितगगामा किसान चिन्तित

अनिल नेपाली अर्घाखाँची १३ साउन 
घाम पानी नभई निकै मिहिनेतका साथ कोरोना महामारीको बेलामा पनि आफ्नो ज्यानलाई बाजी राखेर बचे हामीलाई हुन्छ मरे सन्नतिलाई हुन्छ भनेर आफ्नो खेत बारीमा हातका दश नङ्गा खियाएर निकै मिहिनेतका साथ लगाएकोे मकै जिल्लाको शितगंगा नगरपालिकाका विभिन्न वार्डहरुमा जंगली जनावरले विभिन्न स्थानमा क्षती पु¥याए पछि किसान चिन्तित बनेका छन् ।

भौगोलिक हिसाबले निकै धना जगल रहेको शितगंगा नगरपालिकामा जंगली बदेलको पहिला देखि नै आतक रहेको थियो जगलको विचमा घरहरु भएपनि खेतबारीमा नआउने तर जगलमा विभिन्न थरीका घासहरु खाएर बसोबास गर्ने बदेल अहिले किसानका मकैबारीमा आएर नष्ट गर्न थालेपछि किसानहरू हैरान भएका छन् ।

दिनभरि अरुको काम गरेर साझमा आफ्नो विस्तारमा ऐस आराम सित परिबारका सदस्यहरु सँग रात विताउने सोच बनाएका कृषक घरमा आएपछि बारीको मकै खेतीको दुर्दशा हेर्दा निद्रा हराउने गरेको सितगगा नगरपालिका वडा न ९ का कृषक महेश भुसालले बताए । गाँउमा भुसालको मात्र होइन वडा:६ बतासेका गोपाल नेपाली भुसालटोलका कमल भुसाल, पुस्कर भुसाल, किम बहादुर बिकले लगाएको मकैबाली जंगली बदेलले नष्ट गरेपछि निद्रा हराउने गरेको उनीहरु बताउछन् ।

दिउसोभरी काम गरेर छोराछोरी पठाउने र बारीको खेती पातीले साझ विहानको जीवन चलाउने गरेका कृाक विगत २ हप्तायता रातको समयमा आउने जंगली बदेलको हुलले मकैबाली नष्ट गरेपछि बदेल धपाउनको लागी रातभर जाग्राम बस्नुपरेको किसानको भनाई रहेको छ । रातभर जाग्राम बसेर पनि मकैमा लागेको २५ डोकाजति घोगा बदेलले नष्ट गसिसकेको कृषक कमल भुसालले बताउनुभयो ।

 

बदेलले धानमा पनि क्षेति पुराएको कृषक भुसालको भनाई रहेको छ ।यस्तै शितगंगा नगरपालिका २ खर्सकामा पनि बदेलले सतायको छ । स्थानीय केशब पौडेलले आफुले बुफर लगायर बदेल धपाउने प्रयत्न गरेको बताए ।त्यसैगरी वडा नं. ८, ९, १०, ११ मा पनि मकैमा घोगा लाग्ने समयमा दिनँहु आउने बदेलको हुलले नष्ट गर्न थालेपछी किसानहरु भोकमरी हुने भन्दै चिन्तीत बनेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal