ट्रेन्डीङ्ग

गुल्मी जीप दुर्घटना अपडेट,मृत्यु भएका दुई जनाकाे पहिचान खुल्यो

गोकर्ण पाण्डे, साउन १३,गुल्मी                                गुल्मीमा जीप दुर्घटनामा मृत्यु भएका दुई जनाकाे पहिचान खुलेको छ।मृत्यु हुनेमा चन्द्रकोट ४ का ४५ वर्षका तेजेन्द्र थापा र चन्द्रकोट हरेवाका रेशम कार्कि रहेको गुल्मीका प्रहरी उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनु भएको छ।
मुसीकाेट नगरपालिका ४ स्थित दाेभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरकाे जीप दुर्घटना भएको हाे।जीपमा १० जना यात्रु सवार थिए।घाइते हरु लाई जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरी उपरीक्षक पाण्डे जानकारी दिनु भएको छ।थप जानकारि आउन बाकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal