ट्रेन्डीङ्ग

नवनियुक्त मन्त्री श्रेष्ठलाई स्वागत तथा सम्मान

तोलाकान्त बगाले ,वालिङ, १२ साउन 

गण्डकी प्रदेशका नवनियुक्त शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठलाई गृह जिल्ला स्याङ्जामा स्वागत तथा सम्मान गरिएको छ । मंगलबार वालिङ नगरपालिकाले मन्त्री श्रेष्ठलाई स्वागत गरेको हो ।

स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै मन्त्री श्रेष्ठले नेपाली जनताको अधिकार र चाहनाको रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्वमा संयुक्त सरकार बनेको बताउनुभयो । उहाँले केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग संविधानमा ब्याख्या गरिए अनुसारनै सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

सिमित स्रोत र साधनकाबीच धेरै योजनाहरु कार्यान्वयन गर्नुपर्ने अवस्थामा चुनौतिहरु आईपर्ने भएकाले प्राथमिकताका आधारमा कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले नवनियुक्त मन्त्री श्रेष्ठलाई सफल कार्यकालको शुभकामनासहित बधाई ज्ञापन गर्नुभएको थियो । उहाँले प्रदेश सरकार र स्थानीय सरकारबीच विकास निर्माण तथा कार्यान्वयनका चरणहरुमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal