ट्रेन्डीङ्ग

लायन्स क्लब अफ बुटवल बर्ष २०२१/२२ को अध्यक्षमा पाण्डे र पन्त सचीव पदमा पदभार ग्रहण

साउन १२ बुटवल ।लायन्स क्लब अफ बुटवलको २०२१/२२ अध्यक्षमा शंकर पाण्डे र सचिवमा अमर पन्त पदभार ग्रहण गरेका छन।सोमबार एक समारोहका बीच वर्ष २०२१/२२ का नवनिर्वाचित अध्यक्ष शंकर पाण्डेलाई वर्ष २०२०/२१ का अध्यक्ष समुन्द्र श्रेष्ठले पद हस्तान्तरण गरेका छन ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस गभर्नर नवराज न्यौपानेले उद्घाटन गर्दै क्लबहरु आर्थिक रुपमा बलियो हुँदा रचनात्मक काम गर्न सहज हुने बताए । दुरदर्शिता र पारदर्शिता हुन सके मात्र संस्थाको निरन्तरता पाउन सक्ने भएकाले पनि यसलाई निरन्तरता दिन उनले सुझाव दिए । घर बलियो भए मात्र नेता र नेतृत्व बलियो बन्ने भन्दै उनले क्लबका सबै पदाधिकारी र सदस्यहरुबीचमा अपनत्व र सहकार्य जरुरी रहेको बताए । कार्यक्रममा वर्ष २०२०/२०२१ का अध्यक्ष समुन्द्र श्रेष्ठले आफ्नो कार्यकालमा धेरै कार्यक्रमहरु गर्ने योजना बनाएको भए पनि कोभिड–१९ संक्रमण र निषेधाज्ञाका कारण पुरा गर्न असमर्थ भएको दुःखेसो गरे । केही नमुना कामहरु भने सफलतापूर्वक भएको भन्दै उनले अनाथ आश्रममा खाद्यान्न वितरणबाट शुरुवातसंगै शिक्षा, स्वास्थ्यका क्षेत्रहरुमा काम गरेको बताए ।

वर्ष २०२१/२०२२ का नवनिर्वाचित अध्यक्ष शंकर पाण्डेले आफ्नो कार्यकालमा लायन्स इन्टरनेशनललाइ पछ्याउँदै नमुना गतिविधिलाई समावेश गरेर अघि बढाउने बताए । मानव मात्र नभई पर्यावरण जगाउन ईको सिस्टमका लागि समेत आईकोनिक युथ फर एनिमलका फाउण्डर राजन गौडेलको संस्थासंग सहकार्य गर्ने बताए । कार्यक्रममा डिष्ट्रिक चिफ कोअर्डिनेटर अर्जुनमान सैजु, सुनिता बजिमय, जोन चेयरपर्सन राजु पौडेल, विनित भट्टराई, सीता भट्टराई, क्लबका सचिव अमर पन्तले अन्य क्लबहरुसंग समन्वय गरेर अघि बढ्ने बताए ।
कार्यक्रममा कोषाध्यक्ष त्रिभुवन पाण्डेले आर्थिक आयब्याय प्रस्तुत गर्दै वर्षभरी विविध कार्यक्रमहरु सम्पन्न गरी कोषमा २ लाख बढी रकम बचत रहेको बताए । त्यसै गरी क्लबको वर्षभरी विभिन्न कार्यक्रमको संयोजकको भूमिका निर्वाह गरि सहयोग पुर्याएका पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?