ट्रेन्डीङ्ग

गृहमन्त्री खाण र अमेरिकी राजदूत र्‍याण्डी बिच भेटवार्ता,थप खोप सहयोग गर्ने प्रतिबद्धता

साउन ११ काठमाडौ ।गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेटघाट गरेका छन् । गृह मन्त्रालयमा सोमबार भएको भेटमा दुई देशीय आपसी सम्बन्धबारे छलफल भएको गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले जानकारी दिनुभएको छ ।

भेटमा गृहमन्त्री खाणले कोभिड-१९ महामारी नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गर्नुभयो।

‘नेपाल र अमेरिकाबीच लामो समयदेखिको लामो सम्बन्ध छ । अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोभिड महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरता देओस भन्ने हाम्रो अपेक्षा छ,’ खाणको भनाइ उध्रित गर्दै केसीले भने, ‘हामीलाई नागरिकलाई महामारीबाट बचाउन खोप आवश्यक छ । त्यो खोप अमेरिकाले सहयोगमा उपलब्ध होस भन्ने हाम्रो भनाइ हो ।’

राजदूत बेरीले विगतमा भएको सहयोग निरन्तर रहने बताएका थिए।’अमेरिकाले विगतमा दिँदै आएको सहयोगलाई निरन्तरता दिनेछ । हामी सहयोग र सहकार्यका लागि तयार छौँ,’ बेरीले मन्त्री खाणसँग भनेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?