ट्रेन्डीङ्ग

नेकपा कञ्चनपुरद्वारा ध्रुविकरण अभियानमा तिब्र

गणेश एस के,श्रावण ०९/कञ्चनपुर

कञ्चनपुरमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनता संग समधुर सम्बन्ध र ध्रुविकरण अभियानमा पछिल्लो समय तिब्र भएको देखिन्छ ।शनिबार कञ्चनपुरको पुनर्वास नगरपालिकामा अन्य पार्टी परित्याग गरी एक दर्जन भन्दा बढि नेता कार्यकर्ता हरू विप्लव नेकपा मा प्रवेश गरेका छन ।

कञ्चनपुर जिल्ला सचिव कमरेड जीवन को प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा माओवादी केन्द्र लगायत अरु पार्टीबाट पदम बारकोटी,धनबिरी सार्की, ईश्वरी उपाध्याय,दिनेश विक, कमल सुनार, हीरा साउद, विक्रान्त चौधरी, गोमा देवी सार्की,फुलमाया विक, तारा देवी विक,विवेक बर्कोटि, लगायत नेता कार्यकर्ता ध्रुवीकृत भएका छन् । उक्त कार्यक्रममा पुनर्वास नगर इन्चार्ज क. शितल ले अध्यक्षता गरेका थिए ।

साथै यस अघि पनि कञ्चनपुरको बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका मा ध्रुविकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal