ट्रेन्डीङ्ग

लालझाडी गाउँपालिकामा दर्जन बढी नेता कार्यकर्ता विप्लव नेकपामा प्रवेश

श्रावण ०७
गणेश एसके ,कञ्चनपुर।कञ्चनपुर मा अन्य पार्टी त्यागी विप्लव नेकपामा दर्जन बढी नेता कार्यकर्ता बिहीवार ध्रुवीकृत भएका छन् । उक्त ध्रुविकरण अभियान लालझाडी गाउँ कमिटीको आयोजनामा कञ्चनपुरको लालझाडी गाउँपालिकामा मा सम्पन्न भएको हो । पछिल्लो पार्टी बैठकको नारा “क्रान्तिकारी एकता र ध्रुविकरण मा जोड दिऔँ । समुधुर जनसम्बन्ध सहित सुदृढ पार्टी निर्माण गरौं” भन्ने निर्णय अनुसार नेकपा कञ्चनपुर सुदृढ पार्टी निर्माण मा तिब्र रुपमा खटिएको देखिन्छ । साथै आजै उक्त गाउँ कमिटीको पाँचौं पूर्ण बैठक पनि सम्पन्न भएको छ ।

उक्त ध्रुविकरण कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चनपुर पार्टी जिल्ला सचिव रमेश नेपाली (जीवन ) ले बोल्दै अहिलेको परिस्थितिमा हामी सुदृढ र जनतामुखी पार्टी बनाउँदै जनता सँगै सहकार्य गरेर जनतको प्रतिनिधित्व गर्ने व्यवस्था को निर्माण गर्ने बाटोमा छौ । यो पुजीवादी व्यवस्था ले देशमा कसैका पनि न्यूनतम समस्या लाई हल गरेको छैन उल्टो झन् आजको दिनमा जातीय भेदभाव, वर्गीय असमानता,सामाजिक असुरक्षा,महँगी ,घुसखोरी,भ्रष्टाचार चरम रूपमा मौलाएको छ र यि कुराको सरकार र सत्तामा बसेका हरुमा लाई वास्तै छैन उनीहरूलाई त के भन्नुहुन्छ भने आफू कसरी सत्तामा बसिरहने , कसरी आसेपासे लाई प्राथमिकता दिने या आफू कसरी यो सत्ताको नायक बन्ने भन्ने चिन्ता छ । त्यसो हुँदा यी सबै पराजयको पराकाष्ट भनेको यो असफल संसदीय व्यवस्था हो । एकीकृत जनक्रान्तिको कार्यदिशा लामबद्ध भई एउटा सच्चा नागरिक को भुमिका निर्वाह गर्दै वर्ग विहिन, जाती विहिन, धर्म विहिन, शोषण विहिन आम जनताको नेतृत्व गर्ने सुन्दर व्यवस्था वैज्ञानिक समाजवाद को यात्रामा सहकार्य गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन । हाम्रो पार्टी ले तीन बुँदे सहमति कार्यान्वयन गर्दै जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न र जनतालाई व्यवस्था चुन्ने अधिकार दिने माहोल बनाउन सबै लाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा नेकपा संयुक्त माले, माओवादी केन्द्र, लगायत अन्य पार्टी बाट आधा दर्जन भन्दा बढी नेताहरुले पार्टी प्रवेश गरेका छन । राजेन्द्र बस्नेत,झिंगा राना, पवन कुँवर,गोविन्द सिंह ठगुन्ना ,संदेश भट्ट,सिलास राना,विशाल राना,राजेश राना,सिर्जित राना लगायत नेता कार्यकर्ता पार्टी प्रवेश गरेका छन । लालझाडी नगर कमिटी सचिव गोपाल महराले अध्यक्षता गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?