ट्रेन्डीङ्ग

विप्लव नेकपा दाङद्वारा विपन्नलाइ घर हस्तान्तरण


हेमन्त वली साउन १४,दाङ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले शान्तिनगर गाउपालिका -३ गाहाटोल निवासी अति विपन्न अल्पसंख्यक समुदायका कुमाल परिवारको घर निर्माण सम्पन्न गरि आज एक औपचारिक कार्यक्रमका बिच घर हस्तान्तरण गरेको छ।


शान्तीनगर-३ गाहाटोल निवासि १०२ वार्षिय नैनिकली कुमाल र उहाको छोरा ६७ वार्षिय दल बहादुर कुमालको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको भन्दै १ महिना अघि घर निर्माण कार्यको थालनी गरिएको थियो।

घर हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले संसदीय व्यवस्था जनता र राष्ट्रका विरुद्धमा भएकाले यसलाइ भंग गर्नुपर्ने धारणा राखे।इन्चार्ज शितलले प्रगतिशील संयुक्त सरकार गठन गरेर बैज्ञानिक समाजवाद कि दलाल पुजीवादी संसदीय व्यवस्था भनेर व्यवस्था चुन्ने अधिकार जनतालाइ दिनुको विकल्प नरहेको बताए।

नेता शितलले संसदवादी जाली फटाहाहरुले आफुहरुलाइ चुनावमा जान सक्दैनन्,जित्दैनन भनेर अफवाह फैलाउने गरेको बताए।उनले भने,” व्यवस्था छान्न एकपटक जनतालाइ अधिकार दिउ,हामी व्यक्ती, पार्टी छान्ने चुनावमा होइन एकपटक व्यवस्था छान्ने चुनावको लागि तयार छौं”।शितलले बैज्ञानिक समाजवादको प्रारम्भिक अभ्यास अन्तर्गत जिल्ला स्थित विभिन्न ठाउमा गरिब,असहाय,विपन्न परिवारको घर निर्माण गर्न लागिएको पनि बताए।

घर निर्माण कार्य स्थानीय व्यापारी,समाजसेवीहरुको आर्थिक,जिन्सी सहयोग र नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता लगाएत स्थानीयहरुको जनश्रमदान सहित कुल ३६६९२७|-(तीन लाख छैसठ्ठी हजार नौ सय सत्ताइस)लागतमा सम्पन्न गरिएको बताइएको छ।
आर्थिक,जिन्सी सहयोग गर्ने            समाजसेवी,व्यापारीहरु,बुद्धिजीवी,स्थानीय अगुवाहरुलाई घर हस्तान्तरण कार्यक्रममा नेकपा दाङले सम्मान पत्र सहित सम्मान गरेको थियो।
घर हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै स्थानीय युवा हरिषचन्द्र राणाले जनताले नेपाल कम्युनिस्ट पार्टीले गरेको सराहनीय कामको उच्च प्रशंसा गरेको बताए।उनले भने,”प्रतिबन्धमा जनतामा अनेक आशंका थिए,अहिले पार्टीको कामले जनता उत्साहित छन”।


कार्यक्रममा घर निर्माण कार्यमा सहयोग गर्ने समाजसेवी,उधोगी,व्यापारिहरुलाई बधाई मन्तव्य राख्दै युवा नेता बिरेन्द्रले आफुहरु आवश्यक्तामा कलम बोक्न सक्ने,परिस्थितिले माग गरे बन्दुक र गरिव,असहाय,अति विपन्नलाइ सहयोग गर्ने बेला निर्माणका औजारहरु बोक्ने अदम्य साहास भएका युवाहरु भएको बताए।


घर हस्तान्तरण कार्यक्रममा नेकपा दाङ जिल्ला कार्यालय सदस्य निर्मल,लमहि नगर इन्चार्ज जनक,नेकपा दाङ जिल्ला उत्पादन बिभाग सदस्य बिजयको आतिथ्य रहेको थियो।
नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर-दंगिशरण गाउपालिका इन्चार्ज निर्मलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदिपले गरेका थिए भने कार्यक्रमको सहजीकरण युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोजले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal