ट्रेन्डीङ्ग

सीमा अतिक्रमण,वैदेशिक हस्तक्षेपका विरुद्ध,कैलाली र कञ्चनपुरमा अखिल क्रान्तिकारीको प्रदर्शन

श्रावण ०७, गणेश एसके,कञ्चनपुर।
नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको ब्रह्मदेव र कैलालीको सुक्खडमा सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप र असमान सन्धी सम्झौताका विरुद्धमा बिरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारी केन्द्रिय समितिको नीति अनुसार वर्तमान राजनीतिक परिस्थितिमा बढ्दो विदेशी समाराज्यबाद,बदलिँदो राजनीतिक संकट,शैक्षिक विकृति लगायत विविध विकृति विसंगति विरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल क्रान्तिकारी कञ्चनपुर र कैलाली जिल्ला समितिले पनि बिहीबार सीमा अतिक्रमण, वैदेशिक हस्तक्षे र असमान सन्धि सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेका छन ।


कञ्चनपुरको कार्यक्रममा अखिल (क्रान्तिकारी ) का सेती महाकाली ब्यरो संयोजक तथा उक्त कार्यक्रममा प्रमुख अतिथि वीरेन्द्र शाहले सम्बोधन गर्दै वर्तमान विगतदेखि सत्तामा बस्ने शासक हरुले देशमा विभिन्न किसिमका देशको सार्वभौमीकता, राष्ट्रियता,स्वतन्त्रता लाई नै ओझेलमा पर्ने गरी देशलाई संकटमा पर्ने गरी समस्या निम्त्याएको जिकिर गर्नु भएको छ । विगतमा भएका असमान सन्धि सम्झौता, बढ्दो विदेशी चलखेल र त्यसले देशमा ल्याएको अस्थिर राजनीतिक संकट नेताहरुको मात्र नभई सिंगो राज्य व्यवस्थाको नै असफल अभ्यास भएको बताएका छन । अहिलेको आवश्यकता भनेको यो दलाल संसदीय व्यवस्था अन्त्य गरी जनताको वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । जुन समाजवादी व्यवस्था मा सबै किसिमका उत्पीडन, विभेद, असमानता , वैदेशिक हस्तक्षेप, सीमा अतिक्रमण, असमान सन्धि सम्झौता लगायत सम्पूर्ण समस्याको अग्रगामी हल भएको र यो व्यवस्था बदल्नु बाहेक अरु विकल्प नभएको बताएका छन् । उक्त कार्यक्रममा गएका अभियान कर्मी हरुले सीमा नजिक अनुगमन गर्न जाँदा अप्ठ्यारो हुन्छं जान मिल्दैन भन्दै नेपाल प्रहरीले ठाडो हस्तक्षेप गरेको स्रोतले बताएको छ । कार्यक्रम अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला अध्यक्ष ललित एसकेले सञ्चालन गरेका थिए ।

यता कैलालीको घोडाघोडी नगरपालिका सुख्खडमा भएको कार्यक्रममा कैलाली जिल्ला अध्यक्ष सुवास जोशीले बोल्दै राष्ट्रको हित विपरित भएका जो सुकै सन्धि सम्झौता खारेजी हुनु पर्ने माग बताएका छन । वैदेशिक हस्तक्षेप र चलखेल यै पूँजीवादी व्यवस्थामा रोक्न सम्भव नभएको र यसका लागि वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने उहाँको भनाई थियो ।

उक्त कञ्चनपुरको कार्यक्रममा प्रमुख वक्ता अतिथि ग्रेटर नेपालका केन्द्रीय उपाध्यक्ष तथा सुदुर पश्चिम संयोजक गजेन्द्र पाण्डे , त्रीमुल पार्टी नेपालका सुप संयोजक सुबास धामी , अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश जप्रेल, सुप इन्चार्ज नरेन्द्र भाट लगायतले राष्ट्र र राष्ट्रियताको विषयमा मन्तव्य राख्नु भएको थियो । कैलालीको कार्यक्रमको सञ्चालन संगठनका उपाध्यक्ष महेश पातलीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?