ट्रेन्डीङ्ग

विप्लव नेकपा भिमदत्त नगर समितिको बैठक सम्पन्न,सामाजिक बिकृती विरुद्ध सर्घष गर्ने

श्रावण ३,गणेश एसके,कञ्चनपुर

नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरको भीमदत्त नगरपालिका को नगर कमिटीको तेस्रो पूर्ण बैठक महत्वपूर्ण निर्णय गर्दै आईतबार सम्पन्न भएको छ ।

बैठकका प्रमुख अतिथी तथा कञ्चनपुर जिल्ला सचिव रमेश नेपालीले सम्बोधन गर्दै पार्टीको विचार, नीति, सिद्धान्त र नेतृत्वले भनेको ठाउँमा देशको परिस्थिति र राजनीतिक घटनाक्रम पुगेको बताएका छन। इन्चार्ज नेपालीले अबको विकल्प भनेकै वैज्ञानिक समाजवाद भएको र एकीकृत जनक्रान्तिको कार्यदिशाबाट सफल पार्ने बताएका थिए । । अहिले देशमा भएका भ्रष्टाचार, घुसखोरी ,कमिसनखोरी का विरुद्ध र राष्ट्र राष्ट्रियताको पक्षमा दृढ भएर लाग्ने महत्वपूर्ण निर्णय गर्दै उक्त नगर कमिटीका सचिव र कार्यक्रमका अध्यक्ष दीपेन्द्र ऐरी ले कार्यक्रम समापन गर्नु भएको छ ।

उक्त बैठकमा भीमदत्त नगर कमिटीका सचिव दीपेन्द्र ऐरी को अध्यक्षमा बसेको उक्त बैठकमा नगर कमिटीका इन्चार्ज धन बहादुर बुढा, अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष पुष्पराज जोशी , न्याय विभाग प्रमुख खडक धामी ,अखिल क्रान्तिकारीका सेम ब्युरो संयोजक वीरेन्द्र शाह लगायत अन्य नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal