ट्रेन्डीङ्ग

नेकपा घोराही उपमहानगर कमिटी वडा न ४ मा वडा प्रशिक्षण कार्यक्रम सम्पन्न

हेमन्त वली श्रावन-३,दाङ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं.४ मा आइतबार वडा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

वडा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटनले संसदीय व्यवस्थानै नेपालको राजनीतिक संकटको मुख्य कारक तत्व भएको वताउदै सबै समस्या समाधानको निर्विकल्प निकास बैज्ञानिक समाजवादी राज्यव्यवस्था भएको जिकिर गर्नुभयो।

उहाले नेपालमा राजनितिक क्रान्ती पूरा नभएकाले नै आफुहरु एकीकृत जनक्रान्तीको दिशामा अघि बढेको बताउनुभयो। संयोजक पाटनले आफ्नो पार्टीले जनमतसंग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिने लोकतन्त्रको सर्वोत्तम प्रयोग गरिरहेको जिकिर गर्नुभयो।उहाले भन्नुभयो,”यदि व्यवस्था छान्ने अधिकार जनतालाइ नदिए अर्को विद्रोह हुन्छ”।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षित गर्दै घोराही नगर इन्चार्ज तिलकले जनताको भरोसा आफ्नो पार्टीमा भएकाले जनताको भावना अनुसार संगठन विस्तार देखि जनसेवामा लाग्न निर्देशन गर्नुभयो।उहाले प्रतिक्रियावादीहरु अनेक वाहानावाजी गर्दै पार्टी विरुद्ध षड्यन्त्र गरिरहेको भन्दै सचेत रहन र क्रान्तिकारी भुमिकामा दृढतापुर्वक जनताको सेवामा तल्लिन रहन आग्रह गर्नुभयो।

कार्यक्रममा अखिल(क्रान्तिकारी)राप्ती व्युरो सदस्य अनिल,थारु मुक्ती मोर्चा दाङ जिल्ला संयोजक चुलुवा,घोराही उपमहानगरपालिका वडा नं. १३ इन्चार्ज बिष्णुको आतिथ्य रहेको थियो।

घोराही नगर कमिटी सदस्य भरतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता वडा कमिटिका अध्यक्ष मोतिले गरेका थिए भने प्रशिक्षण कार्यक्रमको सहजीकरण वडा सेक्रेटरी चुडामणिले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?