ट्रेन्डीङ्ग

विप्लव नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च अन्तर्गत तीन जिल्लाको बैठक सम्पन्न

साउन ३ काठमाडौ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समिति अन्तर्गत उदयपुर ,धादिङ र झापाको पहिलो बैठक सप्पन्न भएको छ ।

जनगणतान्त्रीक सम्पर्क मञ्च उदयपुर-काठमाडौं सम्पर्कको कार्यवाहक अध्यक्ष सुबाश राइको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटीको सहभागीतामा प्रतिबन्ध पछीको पहिलो बैठक सपन्न भएको हो

त्यसैगरि धादिङ-काठमाडौ सम्पर्क मञ्चको प्रतीक अधिकारीको अध्यक्षतामा ११ जिल्ला कमिटी सदस्यको सहभागितामा बैठक सम्पन्न भएको हो ।

त्यसै गरि झापा-काठमाडौ सम्पर्क मञ्चकको पनि रत्न ताजपुरियाको अध्यक्षतामा ७ सदस्य जिल्ला कमिटीको बैठक सम्पन्न भएको हो ।

तिनवटै कार्यक्रमका प्रमुख अतिथि जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष कमानसिंह रहनु भएको थियो। जनगणतान्त्रीक सम्पर्क मञ्चका सचीवहरु सुशील बलम्पाकी , खेम प्रधान, किसान महासंघ केन्द्रिय अध्यक्ष हरि श्रेष्ठ लगायतको उपस्तिथि रहेएको थियो।

कार्यक्रम बोल्दै केन्द्रिय अध्यक्ष कमानसिंहले संगठन अगाडि बढाउन कृयासिल भएर भएर जानू पर्छ र वैज्ञानिक समाजवाद ल्याउनका लागी जिल्लाबाट आउनु जिल्ला बासिहरु पुग्न आग्रह गर्नु भएको छ। त्यसै गरि तिनवटै जिल्ला अध्यक्षले आ – आफ्नो जिल्लाबाट आइ काठमाडौ बस्ने जिल्लाबासिसंग हालेमालो गर्दै संगठनलाई अगाडी बढाउने बताउनु भएको छ। उक्त बैठक जनगणतान्त्रीक सम्पर्क मञ्चको केन्द्रिय कार्यलय अनामनगरमा बसेको सम्पर्क मञ्चका सचिव सुशील बलम्पाकीले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?