ट्रेन्डीङ्ग

साढे सात लाखमा सहमति पछि खुल्यो पूर्वपश्चिम राजमार्ग

कार्तिक ६ कैलाली ।
बिहीबार बिहानैबाट अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको सुखड खण्डमा यातायात सुचारु भएका छन् । बुधवार जिल्लाको बर्दगोरियामा बसको ठक्करबाट मोटर साइकलमा सवार लम्की चुहा नगरपालिका ९ की भागीरथी रेग्मीको ज्यान गएपछि उनका आफन्तले उचित क्षेतीपुर्तीको माग गर्दे बिहीबार बिहानैबाट सडक अवरुद्ध गरेका थिए ।

घाइते मोटरसाइकल चालक राम बहादुर चौधरीको पूर्ण उपचार गर्ने, मोटरसाइकल मर्मत गर्ने, बस चालकलाई कानुन अनुसार कारबाही गर्ने तथा मृतकका आफन्तलाई साढे सात लाख क्षेतीपुर्ती दिने सहमति पछि सडक सुचारु गरिएको मृतकका आफन्त सरोज रेग्मीले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal