ट्रेन्डीङ्ग

विप्लव नेकपा कालिकोट जिल्लाको पुर्ण बैठक सम्पन्न

असार ३१ कालिकोट ।
नेकपा कालिकोटको प्रथम पुर्ण बैठक जिल्ला सेक्रेटरी रणदिपको अध्यक्षता पार्टी केन्द्रीय सदस्य एटम बिशीको प्रमुख आतिथ्यता बैकल्पिक केन्द्रीय सदस्य कालिकोट जिल्ला ईन्चार्ज क बिराट, भक्तपुर जिल्ला सदस्य विषम बिनोदको आतिथ्यतामा अषाढ २७ देखि ३० सम्म शान्नी त्रिबेणी गापामा सम्पन्न भएको छ ।

जिल्लाका सदस्यहरुले आ आफ्नो कार्यक्षेत्रको रिर्पोट राख्नुका साथै पार्टी केन्द्रीय समितीको दशौ पुर्ण बैठकबाट पारीत राजनितीक दस्ताबेज मा व्यापक छलफल गरिएको थियो । प्रमुखअतिथी एटम बिशी ले बर्तमान राष्ट्रिय राजनिती पार्टीको आगामी योजना प्रतिबेदन र रिर्पोटमा उठेका बिषयमा प्रशिक्षण दिने काम भयो । साथी केन्द्रीय सदस्य एबं कालिकोट जिल्ला ईन्चार्ज बिराटले पनि मन्तब्य राख्नु भएको थियो ।


बैठकले संगठनको क्षेत्रमा व्यापक हेरफेर सहित भौगलिक रुपमा पनि संरचनागतरुपमा निकै ठूलो हेरफेर गरिएको कुरा जिल्ला सेक्रेटरी रणदिपले जनाउनु भयो । २ महिने राजनितीक एबं संगठनात्मक अभियान लाई जिल्लाभरी व्यापक चलाउने निर्णयसहित बैठक सम्पन्न भएको छ ।

केही नया जिल्लालाई बढुवा गर्नुका साथै केही लाई सरुवा गरिएको नेकपा श्रोतले जनएको छ । ३ दिन सम्म चलेको बैठक ३० गते समापन गरिएको कार्यालय सचिब निर्बिक शाहीले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?