ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी) कञ्चनपुरद्वारा शैक्षिक विकृति विसंगतिका विरुद्ध प्रदर्शन

असार २५,गणेश एसके ,कञ्चनपुर । नेकपा निकट अखिल क्रान्तिकारी कञ्चनपुरले शैक्षिक विकृति विसंगतिको विरुद्धमा महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ ।

अखिल क्रान्तिकारी केन्द्रिय समिति को नीति अनुसार देशै भरी यी विविध विकृति विसंगति विरुद्ध प्रदर्शन गरिरहेको र यसै क्रममा अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला समितिले पनि शुक्रबार प्रदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी ) का सेती महाकाली ब्यरो संयोजकले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले देशमा लागू गरेको द्वेत शिक्षा निति लाई तत्काल हटाउनुपर्ने, शिक्षा सबैको सहज पहुँचमा हुनुपर्ने, धनी गरिब छुट्ट्याउने बर्ग विभेदकारी शिक्षा तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । सरकारी स्कूलले नीतिगत रुपमा नै लिने गरेको शुल्क आम जनताको हित विपरित रहेको र यस्तै निजि शैक्षिक संस्थाले गरेको मनपरि शुल्क वृद्धि तत्काल फिर्ता लिनुपर्ने, स्थगित भएका सबै परीक्षाहरु स्वास्थ मापदण्ड अप्नाई सुचारु गर्नुपर्ने, शिक्षक र विद्यार्थी लाई कोरोना को खोप को तत्काल व्यवस्था गरि शैक्षिकसत्र सुचारु गर्नुपर्ने बताएका छन ।

साथै उक्त संगठन कै केन्द्रिय सदस्य प्रकाश जप्रेल ले सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने र महिला हिंसाको घटनामा संलग्न दोषीलाई कानुनी दायरा भित्र ल्याएर दोषी ऊपर कडा कारबाही हुनुपर्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?