ट्रेन्डीङ्ग

गल्याङ नगरप्रमुख सेतीवेणीका बाढि पिडितको बस्तीमा

असार २३ गल्याङ । लगातारको वर्षातका कारण समस्यामा परेका वासिन्दालाई सान्त्वना दिन गल्याङ नगरप्रमुख भुपराज अधिकारी वडा नम्बर ५ सेतीवेणीमा पुग्नुभएको छ ।

वर्षातले कालीगण्डकी नदिको सतह बढेर समस्यामा परेका स्थानीयको अवस्था बुझ्न नगरप्रमुख अधिकारी पिडितहरुको बस्तीमा पुग्नुभएको हो ।
सो अवसरमा नगरप्रमुख अधिकारीले तत्कालित राहतको रुपमा जनही पाँच हजारका दरले बाढि पिडितलाई रकम हस्तान्तरण पनि गर्नुभएको छ ।
केही दिन अगाडि परेको पानीका कारण सेतीबेणीमा रहेका दशवटा पसलमा बाढिले असर पुर्‍याएको थियो भने एक घर पुर्ण रुपमा क्षति भएको थियो ।
पुर्ण क्षति भएका परिवारलाई २० हजार र अन्य पिडित सहित १९ परिवारलाई पाँच हजारका दरले नगरप्रमुख अधिकारीले तत्कालिन राहत उपलब्ध गराउनुभएको हो ।

बाढिले तहसनहस बनाएको सेतीवेणी क्षेत्रको अवलोकन पछि गरिएको कार्यक्रममा नगरप्रमुख अधिकारीले पिडितहरुलाई उचित क्षतिपूर्तिको पहल गर्ने बताउनुभयो ।
उहाँले नगरवासीलाई समस्या पर्दा आफु सधैं समाधानको प्रयत्नमा लाग्ने भन्दै पालिकाको तर्फबाट र अन्य निकायबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।


नगरप्रमुख अधिकारीले सेतीवेणीका वासिन्दाको चाहनाका आधारमा बैकल्पिक बसोबासको व्यवस्थाका लागि आफुले पहल गर्ने बताउनुभयो । कालिगण्डकी ए जलविद्युत परियोजनासँग समन्वय गरेर बस्ती स्थानान्तरण गर्ने वा अन्य विकल्पमा स्थानीयको चाहना अनुसार आफुले दीर्घकालिन समाधानको पहल गर्ने उहाँले बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो -‘दुर्गम क्षेत्रमा रहेका र विपन्न परिवारहरु राहत लिन कम पुग्ने गर्नुभएको छ, तर मेरो प्राथमिकता त्यही वर्गमा रहनेछ ।’
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुबहादुर बस्याल क्षेत्रीले स्थानीयको समस्या समाधानमा आफु सधैं प्रयासमा रहेको बताउनुभयो ।कार्यक्रममा स्थानीयबासीले कालिगण्डकी ए जलविद्युत परियोजनाको कारण आफुहरुले वर्षेनी पिडा भोग्नुपरेको गुनासो गरेका छन् ।


सो अवसरमा कालिगण्डकी जलविद्युत आयोजनाका प्रमुख पशुपति न्यौपाने, वडा सदस्य चित्रबहादुर थापा, नेपाल शिक्षक महासंघ स्याङ्जाका उपाध्यक्ष राजेन्द्रदेब खनाल, शिक्षक चुडामणी बस्याल लगायतको पनि उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?