ट्रेन्डीङ्ग

नेकपा कञ्चनपुरको पार्टी सम्पर्क कार्यालय स्थापना

गणेश एसके, असार २० कञ्चनपुर ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जिल्ला पार्टी कञ्चनपुरको सम्पर्क कार्यालय र २० औं पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।

नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको तीनबुँदे सहमतिपछि नेकपा शान्ति प्रक्रियामा आएको हो । पार्टीको केन्द्रीय कमिटीको बैठक अनुसार सबै जिल्लामा जन सम्पर्क कार्यालय स्थापना गर्ने नीति अनुसार कञ्चनपुर जिल्लाले पनि आईतबार कञ्चनपुरको महेन्द्रनगरमा पार्टी कार्यालय उदघाटन गरेको छ ।

पार्टीको २०औं पूर्ण बैठक बाट जनजीविका जनतन्त्र , राष्ट्र राष्ट्रियता र आम जनमानस संग जोडिएका विषयमा भएका महत्त्वपूर्ण निर्णयहरू पनि सार्वजनिक गरेको छ । उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ओम प्रकाश पुनले पत्रकार संग बोल्दै अहिलेको परिस्थितिमा तीनबुँदे सहमतिमा सरकार आफ्नो पक्षमा पन्छिएको बताएका छन् । हाम्रो पार्टीको नीति भनेको वैज्ञानिक समाजवाद को नारा नै मुख्य छ । हाम्रो पार्टी कुनै पनि परिस्थितिमा यसै संसदीय व्यवस्था मा जाने कुरा बिल्कुलै छैन । बरु संयुक्त प्रगतिशील सरकार मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि पार्टी तयार रहेको बताएका छन । अहिलेको पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार ब्युरो तह खारेज भएको र केन्द्रिय र जिल्ला तह अनुसार नै पार्टीका सम्पूर्ण गतिविधि अगाडि बढेको पनि उनले बताएका छन् । भ्रष्टाचार , घुसखोरी र दलालका विरुद्ध निर्मम तरिकाले संघर्ष गर्ने बताएका छन् ।

उक्त कार्यक्रममा केन्द्रिय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज ओम प्रकाश पुन, सचिब रमेश परियार,अन्य पार्टीका नेता कार्यकर्ता र पत्रकार हरुको सहभागिता रहेको थियो ।
२०औं पूर्ण बैठकका निर्णयहरु निम्नानुसार छन् :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal