ट्रेन्डीङ्ग

कोभिडबाट निधन भएका परिवारलाई तुल्सीभञ्ज्याङ सानाकिसानबाट सहयोग

असार २० गल्याङ । कोरोना भाइरस (कोभिड १९) का कारण निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले सहयोग गरेको छ ।

गल्याङ नगरपालिका भित्र कोरोना भाइरस कोभिड १९ को संक्रमणका कारण निधन भएका परिवारका सदस्यलाई तुलसीभञ्ज्याङ सानाकिसान कृषि सहकारी संस्थाले सहयोग गरेको हो ।

आइतबार भएको एक कार्यक्रममा संस्थाका संस्थापका अध्यक्ष तथा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले मृतकका परिवारका सदस्यहरुलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो ।
संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीका अनुसार संस्थाका सदस्य रहेका नगरपालिका भित्रका १५ जनाका परिवारलाई जनही दश हजारका दरले सहयोग गरिएको हो ।

संस्थाले परिवारका सदस्यको निधन भएकोमा दुःख व्यक्त गर्दै राहत रकम उपलब्ध गराएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal