ट्रेन्डीङ्ग

गृहमन्त्री थापालाई खुला पत्र- विप्लव नेतृत्व नेकपालाई प्रतिबन्ध फुकुवा गर्ने आट छ ?

काठमाडौ । गृहमन्त्री राम बहादुर थापा बादललाई बैतडीका युवाले एक खुल्ला पत्र लेख्दै प्रश्न गरेका छन् । गृहमन्त्री थापालाई खुला पत्र- विप्लव नेतृत्व नेकपालाई प्रतिबन्ध फुकुवा गर्ने आट छ ? खुल्ला पत्र जस्ताको त्यस्तै : भुपु कमरेड राम ब थापा(बादल) सलाम अारामदाय नै हुनु हुन्छ होलानि किनकि अहिले तपाईं ठूलो सुरक्षाको घेराभित्र रहनु भाएको छ र तपाईंलाई कोरोनाले पनि टच गर्न सक्दैन होला किनकि तपाईंले पुजीवादी सत्ताको प्रतिनिधित्व यो ब्यवस्था भनेको त पुजिमा न्याय साटासाट हुने ब्यवस्था हो । कोभिड “१९” कोरोनाले पुरै बिश्व अक्रान्त पारिरहेको बेला हाम्रो सरकारले रेष्टुरेन्टबारहरुको जस्तै दर रेट मेन्यु सार्वजनिक गर्नु भनेको यो दुईतिहाइ सरकार आफैमा नाङ्गेझार भएको स्पस्ट गर्नु हो । हुन त कोरोनाको नाममा पहिलो चरणबाट नै गल्तीहरु भईसकेका थिए।
१.जुनबेला लक्डाउनो कुनै पनि आवश्यकता थिएन त्यो अवस्थामा लकडाउन घोषणा गरियो।
२. जुनबेला राहत बितरण गर्नु पर्ने थियो त्योबेला नभई त्यो अघिनै बितरण गर्यो
३.हाम्रा प्रवासि दाजुभाइ दिदीबहिनीहरुलाई कोरोनाको पहिलो चरणमा भित्र्याउनु थियो तर त्यो बेला हाम्रा सरकार राहत बितरण लक्डाउनमा अस्थब्यस्थ भयो।
४.कोभिड १९ कोरोनाको उपचार खर्च सरकारले ब्यहोर्दै आएको अब आयन्दा उक्त उपचारको जिम्मेवार नलिने भनाइ यो तथाकथित सरकारको गैरजिम्मेवार मात्रै हैन बिधमान संबिधान धारा ३५ को खुला बेजति र हालै सार्वजनिक गरेको बिरामी चेकजाँच दररेट मेन्यु एकदमै असुहाईलो र दुईतिहाइ सरकारलाई नै नाङ्गेझार पार्ने उदेश्यले यो मेन्यु तय भएजस्तो महसुस गरेका छौ।हाम्रो मुलुकको राज्य कतिको गैरजिम्मेवार रहेछ भन्ने कुरा यो कोरोनाको उपचार दर रेट मेन्युले छताछुल्ल पारिदिएको छ।

नेत्रबिक्रम चन्द “विप्लव” ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी माथि लगाएको प्रतिबन्ध पाँचौ पटकको प्रतिबन्ध हो र यो भन्दा पहिला तपाईहरु जनयुद्धमा होमिएको बेला काग्रेसिहरुले जनयुद्धका सुप्रिम कमान्डर पुष्पकमल दाहाल”प्रचण्ड”को टाउकाको मुल्यसहितको प्रतिबन्ध लगाएको कुरा स्मरण नै होला ।
भुपु कमरेड बादल शाषकहरुले बिद्रोहको नेतृत्व गरिराखेको पार्टीलाई खुला कार्यक्रम गतिबिधी गर्ननदिन नै यो प्रतिबन्ध को नाटक रचिएको हो।यो नाटक एकदमै निन्दनीय छ। तत्काल यो प्रतिबन्ध फुकुवा गरेर बैचारिक प्रतिशपर्धामा अलिकति पनि आट छ भने नेपाल कम्युनिस्ट पार्टी लाई खुला कार्यक्रम गर्न र बिचारहरुमा प्रतिशपर्धा गर्ने हिम्मत राख्नु पर्दछ। बादल जि
यो सरकार राष्ट्रियता:-राष्टघाति सम्झौता मेलिनियम च्यालेन्ज कर्पोरेसन (mcc) लिपुलेक,कालापानी,लिम्पियाधुारा र कञ्चनपुरको भि न पा ०९को ब्रम्हदेव बजारमा भईरहेको भारतीय ज्यादति

जनजिविका:-जनताका अधिकार हाम्रा देशका जनताहरुले नेपाली नागरिकता बाहेक कुनैपनि स्वास्थ,शिक्षा,सञ्चार,यतायात,खानेपानि जस्ता अन्य सेवासुबिधा मिलेको छैन हामीलाई दोस्रो दर्जाको नागरिक सरह अपहेलना गरिएको छ।

जनतन्त्र:-सुरक्षाको दृष्टिकोण बाट नियालेर हेर्नेहो भने एकदमै जटिल अवस्थामा छ । यहाँ नत बलत्कारीहरु लाई कार्वाही गरिन्छ।हाम्रा छोरिचेलिहरु झनझन असुरक्षित बन्दैगएकन छन,डिउटिमै खटिएका प्रहरीहरु मारिएका छन र यहाँ कुनैखालको स्वतन्त्रता छैन यहाँ पार्टीले उठाएका खुला कार्यक्रम नै गर्न नसकिने वातावरण सिर्जना गरेको छ तपाईंले कसरी गृहमन्त्रीको पदधारण गर्नु भाछबादल जि राष्ट्रियता,जनजिविका र जनतन्त्र को बिषयमा झनझन गैरजिम्मेवार बन्नुको मुख्य कारण केहो बादल जि तपाईंले जनतामाझ भन्नू पर्छ होइन भने तपाई राजिनामा पत्र तयार गर्नुस।
-दिपेन्द्र सिहं ऐरि ‘बैतडी’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?