ट्रेन्डीङ्ग

नेकपा कञ्चनपुरले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको खारेजीको माग गर्दै प्रदर्शन

गणेश एसके,असार २४,कञ्चनपुर ।
नेपाल कम्युनिस्ट पार्टीका सबै जनवर्गीय संगठनहरुको संयुक्त आयोजनामा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको खारेजी , सुजिता भण्डारीको न्यायको माग गर्दै कञ्चनपुरको महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ ।


सरकारले एकै महिनामा तीन तीन चोटी आम श्रमजीवी ढाड सेक्ने गरी बढाईएको मूल्य वृद्धि न्यायोचित नरहेको स्रोतले बताएको छ । कार्यक्रममा पार्टीको संगठन अखिल (क्रान्तिकारी ) का नेता वीरेन्द्र शाह ले उक्त विरोध प्रदर्शन लाई सम्बोधन गर्दै वर्तमान सरकार जनताको जनहितको विरुद्धमा र दलालको इसारामा नाचिरहेको बताउनु भएको छ । सुजित भण्डारीको रहस्यमय तरिकाले भएको हत्याको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न र वृद्धि भएको पेट्रोलियम पदार्थको मूल्य यथासिघ्र घटाउन सरकारलाई आग्रह गरेको उनी बताउँछन् ।

हाम्रो पार्टी विपदको बेला, जनताका जनजीविका जनतन्त्र, जनसरोकार का विषयमा र एउटा सुन्दर समाज निर्माण को लागि सदैव निर्मम संघर्स गर्ने बताएका छन । सरकार सामाजिक सुरक्षा, अपराध ,चोरी ,हत्या हिंसा बलत्कार र जनताको आत्मा सुरक्षा दिनका निम्ति सरकार आफ्नो जिम्मेवारी बाट पन्छिएको र यस्ता सबै खाले विभेद अन्त्य गर्न एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न सबै एकजुट हुन आग्रह पनि गरेका छन् । यी तमाम समस्या को सरकार ले सम्बोधन नगरे आफ्नो पार्टी थप संघर्स गर्ने चेतावनी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?