ट्रेन्डीङ्ग

शान्ति पुर्नस्थापना गृहद्वारा सुरक्षा कर्मिलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण

असार १६ कञ्चनपुर। शान्ति पुनस्थापना गृहले शान्ति सुरक्षामा खटिएका सुरक्षा कर्मिलाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कञ्चनपुर जिल्लामा रहेको शान्ति पुनर्स्थापना गृहका जिल्ला संयोजक सञ्जीत सिंहले कोभिड भाइरस महामारीको विषम परिस्थिति हुदाँको सङ्क्रमणबाट सुरक्षाकर्मीहरु माथि हुने जोखिमलाई ध्यानमा राखी स्थानिय तहसंगको सहकार्यमा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

पुर्नस्थापना संस्थाले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्दै आएको र आउँदा दिनहरुमा पनि स्थानिय तहसँग सहकार्य गरेर यस ‌‌क्षेत्रमा हुन सक्ने घटनाहरूलाई न्युनीकरण गर्न र आउँदा दिनहरुमा पनि सम्पुर्ण सुरक्षा निकायहरुसँग मिलेर काम गर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?