ट्रेन्डीङ्ग

नेकपा पाल्पाद्वारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

पाल्पा संवाददाता ,असार ९ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी पाल्पाले गत जेठ ३१ गते देखि लगातार ६ गते सम्म परेको भिषण बर्षात कारण घर पुर्ण क्षति भई ज्यान घुमाउने पिडित परिवारलाई राहत वितरण गरेको छ ।

पाल्पाको रिब्दिकाेट गाँउपालिका स्थित वडा नं.४ मन्छिपमा रहेका अामा बिष्णु भट्टराई क्षेत्री बुवा महेन्द्र भट्टराईका दुई छाेरा मध्य एक छाेरा १९ बर्षका मदन भट्टराईकाे असार १ गते साझ ६ बजे तिर एकाक्सि आएकाे पहिरोले उहाँलाई संगै घरलाई समेत बगाएको थियो । आमा बिष्णु भट्टराई भने छिमेकीकाे घरमा दुध लिन गएको कारणले बच्न सफल भएको पिडित बिष्णु भट्टराईले बताउनुभयो । साथै छिमेकी घर सुनिता भट्टराईकाे घरमा पनि क्षति पुर्याएकाे छ । यस दुखद् घडीमा नेपाल कम्युनिस्ट पार्टीले उक्त पिडित परिवारकाे घरमा पुगेर चामल,नुन,तेल,दाल,माक्र्स र साबुन लगायतका सामाग्रीहरु वितरण गरेको छ ।

राहत वितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा-गुल्मी जिल्ला ईन्चार्ज अपेक्षाले दुखकाे बेलामा आँफुहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकि छिन् । यस दुखद् घडीमा शाेकलाई शक्तिमा बदल्दै अगाडि बढ्नुपर्ने भन्दै पिडित अामा बिष्णु भट्टराई र उहाँहरुलाई सात्न्वना दिदै मृतक मदन भट्टराई प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै गहिरो समवेदना प्रकट गरेकि छिन् ।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव प्रभातले राज्यको गैर जिम्मेवारीपन कारणले बाढी पहिरोकाे उचित व्यवस्थापन र राेकथाम नगर्दा नागरिकहरुले बर्सेनि अनाहकमा दुख पाउनुका साथै ज्युउज्यान गुमाउनु परेको बताए ।

यस्तै रिब्दिकाेट गाँउपालिका वडा नं.२ देउरालीमा ९० घरधुरीहरुलाई माक्र्स र साबुन समेत वितरण गरेको छ ।
पिडित भन्छन्-“आज नाैं दिन भयो बिजुली बत्ती छैन्”उक्त कार्यक्रममा दुख र शाेकमा परेका पिडित परिवारहरुले मिति २०७७ असार १ गते उक्त घटना भए पछि सव उद्दारका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरी मात्रै आएर गएपछि कसैले पनि वास्ता नगरेको बताएका छन् ।

नत राजनीतिक,नत समाजसेवी,नत अन्य काेहि नआएकाे तर तपाईंहरु पनि अाउनु भयो हामी अभारि छाैं भन्दै थप आँसु झारेका जसले भावविह्वल बनाएको थियो । उक्त घटना घटेको दिन देखि बिजुली लाईन समेत अवरुद्ध भएको कारणले अध्यारोमा आँफुहरुले दुख बेसाउन परेको बताउनुभयो । हामीले बिजुली बत्तीका लागि स्थानीय सरकार देखि जिल्लामा बिजुलिकाे पहल गर्दा समेत व्यवस्था गरेको पिडित परिवारले दुखेसाे गरेका थिए ।

यस कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य नारायण केसी,अखिल(क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष सुदिप विश्वकर्मा,नेपाल पत्रकार महासंघ मिर्मिरे प्रतिष्ठान शाखा अनामनगर काठमाडौंका सहसचिव मुक्ति गैरे लगायतकाे उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?