ट्रेन्डीङ्ग

सरावलमा बाढी प्रभावित ४५ घरधुरीलाई राहत वितरण

उमेश बि.क , असार ६ नवलपरासी ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बाढी प्रभावित ४५ घरधुरीलाई राहत वितरण वितरण गरिएको छ ।

सरावल विपद ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा वडा नम्बर ६ का ४५ घरधुरीलाई राहत बितरण गरिएको हाे ।

काेइकाकाे आर्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे आयाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजना तथा सरावल गाउँपालिकाकाे समन्वयमा प्रती ब्यक्ति चामल २५ किलो ,दाल ५ किलाे ,तेल २.५ किलो ,आयाेडिन नुन २ किलो ,चिउरा ३ किलो ,बिस्कुट १२ वटा,दालमाेट १ किलो ,डिटाेल साबुन ३ वटा,कपडा धुने साबुन ३ वटा,दन्त मन्जन १ वटा ,दन्त ब्रस ३ वटा,त्रिपाल २ वटा ,बाल्टी १ वटा ,प्याड १ वटा,झुल २ वटा लगाएतकाे सामाग्री हस्तान्तरण गरिएको हाे ।

विपद ब्यवस्थापन समिति अध्यक्ष एवं गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बाढी प्रभाबित अति बिपन्न परिवारलाई तत्कालै पहिलो चरणको राहत सहमतिकाे समन्वयमा तथ्यांक संकलन गरेर समुचित ढंगले ४५ घर परिवारलाई राहत बितरण गरिएको बताउनु भएको हाे । कसैलाई पनि प्राकृतिक बिपत्तिको सामना गर्न नपरोस् भन्दै बाढी प्रभाबितलाई आफूले सक्दो सहयोग र संघ संस्थाबाट समन्वय गरेर राहत प्रदान गरेको बताउदै ‘बाढी र डुवानबाट जुन मात्रामा क्षति भएको छ, त्यसको तुलनामा हामीले दिएको सहयोग पर्याप्त नभए पनि जनताको दुःख सुखमा स्थानीय सरकारले साथदिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिब्द्वता ब्यक्त गर्नुभएको हाे। साथै सहमतिले विपदकाे समयमा गरेको मानविय कामकाे प्रशंसा समेत गर्नुभएको हाे।

त्यस्तै उपाध्यक्ष उत्तमा रायले सरावल गाउँपालिका कृषि क्षेत्र भएको पालिका रहेता पनि बाढीले हजारौं बिगहा क्षेत्रफल भित्रकाे धानबाली नष्ट भइरहेको छ। साे क्षेत्र हेर्दा मन पाेलि रहेको बताउदै राहत धेरै नभएपनि यसबाट केही दिनको समस्या समाधान हुने बताउदै सहमतिले बाढी प्रभावित क्षेत्रमा यस्तो विषम परिस्थितिमा राहत बितरण कार्यकाे प्रशांसा ब्यक्त गर्दै धन्यवाद दिनुभएको हाे ।

त्यस्तै जिविकाे पार्जन विज्ञ सुनिल दुलालले बाढी प्रभावित परिवारकाे समस्या बुझ्दै परियाेजनाबाट दैनिक उपभोग्य सामाग्री सहयोग गरिएको बताउनु भएको हाे ।

राहत बितरणमा कार्यकारी अधिकृत बुद्ध प्रकास पाैडेल ,वडा नम्बर २ वडा अध्यक्ष सम्भु चाैधरी,वडा नम्बर ५ अध्यक्ष दिनेस सहानि,कार्यपालिका सदस्य जन्तिरा सहानि,जिविकाे पार्जन अधिकृत दुर्गा जेठारा,खरिद परामर्शदाता कृष्ण पाण्डेय,विपद ब्यवस्थापन संयाेजक अब्दुल रज्जाक , परियोजना सहजकर्ता कविता कलवार लगाएतकाे सहभागीतामा राहत बितरण गरिएको हाे ।

राहत सामग्री स्थानीयले पाएपछि खुसि ब्यक्त गर्दै पाएकाे राहतबाट केही दिन छाँक टार्न सहज भएको बताएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal