ट्रेन्डीङ्ग

वालिङ उधोग बाणिज्य संघले व्यवसायीहरुका लागि कोभिड -१९ विरुद्धको खोप उपलब्ध गराउन माग

जेठ ३० वालिङ ।
वालिङ उधोग बाणिज्य संघले व्यवसायीहरुलाइ कोभिड -१९ विरुद्धको खोप उपलब्ध गराउन सरकार समक्ष अपिल गरेको छ ।

वालिङ उधोग बाणिज्य संघका अध्यक्ष सोभाकान्त पौडेल एवं महासचिव केशरबहादुर खाणको संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ” विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड -१९ को कारण उत्पन्न विषम परिस्थितिमा संक्रमण नियन्त्रणको लागि गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा सम्बन्धी नीति निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै उद्योगी व्यापारी व्यवसायीहरुले अत्यावश्यक सेवा बाहेकका आफ्ना दैनिक गतिविधिरु पूर्ण रुपमा बन्द गरी कोभिडसँगको लडाईमा ऐक्यवद्धता जनाउँदै विभिन्न सहयोगका कार्यक्रमहरु गरी सरकारलाई सहयोग पुयाईरहेको हामी सबैमा अवगतै छ ।

कोभिड -१९ संक्रमण रोकथामका लागि निषेधाज्ञाको समय थप गर्दै जाँदा लगातारको बन्दले बैंक ब्याज , घरभाडा , कर , राजश्व , कर्मचारीको तलब आदि भुक्तानी गर्नुपर्ने दबावका कारण उद्योगी व्यापारी व्यवसायीहरु अत्यन्तै मर्कामा परेका छन् ।”

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको असर कति समयसम्म रहने भन्ने अन्यौलता कायमै रहेको र स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड खोप नै कोरोना संक्रमण नियन्त्रणको महत्वपूर्ण उपाय हो भन्ने पुष्टि भईसकेको छ । उद्योगी व्यावसायीहरु राज्यको एउटा महत्वपूर्ण अङ्ग भएका कारण उद्योग व्यापार व्यवसायलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन एकदमै आवश्यक छ । यही अवस्था लामो समयसम्म रहन गएमा तथा उद्योगी व्यवसायीहरुमा संक्रमणको त्रास रहिरहेमा राज्यको मेरुदण्डको रुपमा रहेको उद्योग व्यापार व्यवसाय प्रभावित हुँदा राजश्व सङ्कलन एवम् आर्थिक गतिविधिहरुमा समेत प्रभाव पार्ने भएका कारण , साथै संवैधानिक अधिकार अनुसार जनताको स्वास्थ्यको सुरक्षा सुनिश्चित गर्नु सरकारको मुख्य दायित्व भएको तथ्यलाई ध्यानाकर्षण गराउँदै नेपाल सरकार तथा राज्य संयन्त्रमा पहुँच भएका सम्बन्धित सबैमा आफ्ना राजनीतिक , सामाजिक अनुभव र कुटनीतिक सम्बन्ध तथा संयन्त्रहरुलाई उपयोग गर्दै छिटो भन्दा छिटो आम जनतालाई र विशेषगरी अग्रपंतिमा रही सेवा प्रवाह गर्नुपर्ने उद्योगी व्यापारी व्यवसायीहरुलाई कोरोना संक्रमणबाट बच्न खोप खोपको सुनिश्चितता गर्न र खोप आयातका लागि कुटनीतिक पहल तीब्र पार्न तीनै तहका सरकारहरु समक्ष हार्दिक अपिल गर्दछौ “विज्ञप्ति उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?