ट्रेन्डीङ्ग

अखिल क्रान्तिकारी कास्कीद्वारा अनाथ स्कुलमा स्वास्थ्य सामग्री बितरण

जेठ ३० पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी कास्कीले अनाथ स्कुलमा स्वास्थ्य सामग्री बितरण गरेको छ ।
पोखरा – ९ रामबजारमा रहेको एसओएस बालगृहमा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य प्रकास बास्तोला, कास्की जिल्ला अध्यक्ष पुरन पुन, उपाध्यक्ष कमला पारीवारको उपस्थितिमा कोभिडको माहामारीलाई ख्यालमा राख्दै माक्स, सेनिटाईजर, साबन बितरण गरीएको बताएको छ ।

कोभिडको माहामारीले बिध्यार्थिमा परेको असुबिधा र समस्यालाई केन्द्रीत गर्दै पार्टीको निर्देशन अनुसार आँफुहरु निरन्तर राहत बितरण, स्वास्थ्य सामग्री बितरणमा लागेको साथै असार २ गते रत्तदान कार्यक्रम समेत राखिएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकास बास्तोलाले पोस्टपाटीलाई बताउनु भयो ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी कास्कीले पनि निरन्तर रुपमा राहत बितरण गरीरहेको थियो । नेकपा कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीका अनुसार हाल सम्म समस्यारत करीब १३० घर परीवारलाई राहत वितरण गरीसकेको र यो कार्य निरन्तर चलिरहेको समेत बताउनु भयो ।

राज्यले वास्तविक पिडित जनता चिन्न नसक्नुका साथै यस्तो प्रतिकुल अवस्थामा नागरीकको जनस्वास्थ्यको सन्दर्भमा अलिकति पनि ख्याल नगरीनु गम्भिर बिषय रहेको बताउँदै उहाँले आँफुहरुले सकेको सहयोग गर्दै आएको साथै मजदुर, किसान, सुकुम्बासी, दृष्टिबिहिन लगायत परीवारलाई राहत बितरण गरीरहेको समेत उल्लेख गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?