ट्रेन्डीङ्ग

मस्टा गाँउपालीकामा कोरना परिक्षण शिविर, एक हजार भन्दा बढीले सेवा लिए

टेकेन्द्र बोहरा जेठ २८ बझाङ ।

बझाङको मस्टा गाँउपालीकामा सञ्चालन भएको कोरना परिक्षण शिविरमा एक हजार भन्दा बढीले स्वास्थ सेवा पाएका छन ।

नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र )मष्टा गाउँ सँङ्गठन कमिटी र अखिल भारत नेपाली एकता मन्चको आर्थिक सहयोगमा शिविर संचालन भएको थियो।

स्वास्य शिविरमा मष्टा गाउँपालिका वडा नँ १ मा २२६ जनाले सेवा लिएका हुन भने, वडा २ मा १५७ जना, वडा नँ ३ मा ११९ जना वडा नँ ४मा १५५ जना वडा नँ ५ मा ९१ जना वडा ६ मा १६० जना, र वडा ७ मा १६१ जनाले स्वास्य सेवा पाएकोे नेकपा माओवादी केन्द्र बझाङका युवा नेता रामचन्द्र रोकायाले बताउनु भयो ।

गाँउघरमा निशुल्क स्वास्थ सेवा पाएपछी स्थानियहरु खुसी भएको स्थानिय भरत आग्रीले भन्नुभयो । यसरी गाँउघरमा आएर स्वास्य जाँच गर्न पाउदा खुसी लागेको र आगामी दिनहरुमा पनी यस्तै कार्यक्रम आए झनै राम्रो हुने बताए ।

त्यस्तै अर्का स्थानिय बाटुली धामीले भने हामी महिलाहरुलाई घरदैलो चुलो चौकामा काम गर्दा ठिक्क हुने गरेको र गाँउघरमा आएर स्वास्य चेक जाँच गर्न पाँउदा निकै खुसी भएको बताए ।
कोरना स्वास्य शिविरमा कोरना चेक,जाँच झाडापखाला,आँउ,हैजा,लगाएतका निशुल्क उपचार र स्वास्य सामाग्री वितरण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?