ट्रेन्डीङ्ग

सामाजिक न्याय पाउनका लागि प्रहरी सँग १ दिने अभिमुखिकारण कार्यक्रम

प्रभुनाथ गुप्ता
५ कार्तिक, कपिलवस्तु । सामाजिक न्यायका पाउनको लागि प्रहरी सँग १ दिने अभिमुखिकारण कार्यक्रम सम्पन्न गरिएको छ ।

डीएफआईडीको सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहूरी होम कपिलवस्तु शुद्धोधन गाउँपालिकाको आयोजनामा उक्त सामाजिक न्याय पाउनका लागि प्रहरीसँग १ दिने अभिमुखिकारण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा स्वयंसेविका, महिला सञ्जाल, समाजसेवी किशोर किशोरी र प्रहरीको सहयोगीतामा रविन्द्र पासीद्धारा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रममा लबनी प्रहरी चौकी को इन्चार्ज बनारसी गुप्ता र सहायक प्रहरी निरीक्षक कमल राज विमालीले सहजीकरण गर्नु भएको थियो ।

उक्त आयोजित कार्यक्रममा निम्न विषयमा प्रशिक्षण गरिएको थियो:
– प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकारको संरक्षण, संवर्धन र प्रबद्र्धन गर्न
– प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्ने अवसरको सुनिश्चितता प्रदान गर्न
– गरीव तथा बन्चितीमा परेका व्यक्ति, वर्ग, लिङ्ग र समुदायको संरक्षण गर्न र उनीहरूको आवाजलाई संवोधन गर्न
– विश्वबाट गरीबी र भोकमरी अन्त्य गर्न
– सबैलाई आधारभूत शिक्षा र स्वास्थ्य उपलव्ध गराउन
– लैङ्गिक समानता कायम गर्न तथा महिला सशक्तीकरण गर्न
– विभिन्न कारणबाट बन्चितीमा परेका÷पारिएका व्यक्ति, समुदाय, लिङ्ग, वर्ग र जातजातिलाई राज्यको मूलप्रवाहीकरणमा ल्याउन
– धनी र गरीब (धनी र गरीब राज्य बीचको तथा व्यक्ति) बीचमा रहेको विभेदको खाडल अन्त्य गर्न
– अवसर नपाएकाहरूका लागि विशेष व्यवस्था गरी अवसरमा प्राथमिकता दिन
– महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्न
– महिला विरुद्ध हुने यौनजन्य दुव्र्यवहार अन्त्य गर्न
– घरेलु हिंसाको अन्त्य गर्न
– समाजमा रहेको भेदभाव तथा असमानता हटाउन
– जातजातिको आधारमा हुने सबै प्रकारका भेदभाव अन्त्य गर्न
– असहाय तथा अपाङ्गता भएका व्यक्तिहरूको आवाजलाई संबोधन गर्न तथा उनीहरूको उचित सम्मान गर्न
– न्याय र नैतिकतामा आधारित समाज निर्माण गर्न
– समावेशीकरणको सिद्धान्तलाई व्यवहारमा उतारी समावेशी राज्य निर्माण गर्न बिषयलाई समेटेर कार्यक्रम सम्पन्न गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?