ट्रेन्डीङ्ग

चितवन:विप्लव नेकपाद्वारा मुसहर बस्तीमा राहत वितरण

जेठ २७ चितवन । विप्लव नेतृत्वको नेकपा चितवनले भरतपुर–२७ स्थित मुसहर बस्तिमा राहत वितरण गरेको छ ।

नेकपा भरतपुर महानगरपालिका वाड न.१६ को आयोजनामा गरिएको राहत वितरण कार्यक्रमको अध्यक्षता नेकपा भरतपुर महानगर वडा न.१६ का इन्चार्ज रुम्बाले गरेका थिए भने नेकपा चितवनका सेक्रेटरी मिनप्रसाद सापकोटा र अखिल (क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईको विशेष उपस्थिति रहेको थियो यसैगरी कार्यक्रमको संचालन नेकपा चितवन जिल्ला समिती सदस्य क.पुरन राइले गरेका थिए

दोस्रो भेरियन्टको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका १२ घरधुरीलाई सो पार्टीले सहयोग स्वरुप राहत वितरण गरेको हो । दाल, चामल, नुन, तेल ,भुजा जस्ता अत्यावश्यक खाध्य वस्तुहरु राहत स्वरुप वितरण गरेको नेकपा जिल्ला कमिटी सदस्य वीर ब.थोकरले जानकारी गराउनुभयो ।

राहत वितरण गर्दै जिल्ला सेक्रेटरी सापकोटाले सरकारले कोरोना संक्रमणलाई नियन्त्रण गर्नको निम्ति गरेको लकडाउनका कारण दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुर, किसान, सुकुम्बासी लगायतलाई परेको समस्यालाई केही हदसम्म भएपनि राहत पुग्न सक्ने विश्वास सहित आफुहरुले निकै नै अप्ठ्यारो परेका घरपरिवारलाई सहयोग स्वरुप राहत वितरण गरेको बताएका छन् ।

उनले जनता रोगले भन्दा पनि भोगले मर्न सक्ने अवस्था सृजना नहोस् भन्नको निम्ति सम्पूर्ण पार्टी पंतिलाई समेत राहत वितरणमा लाग्न आग्रह पनि गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?