ट्रेन्डीङ्ग

गल्याङ:४२ जनामा गरिएको परिक्षणमा १६ जना पोजिटिभ

जेठ २५ गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ जोगिमारामा मंगलबार ४२ जनामा गरिएको एण्टिजिन परीक्षणको क्रममा १६ जनामा पोजिटिभ नतिजा देखिएको छ ।

कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि गल्याङ नगरपालिकाले गाउँ गाउँ तथा टोल टोलमा पुगेर परिक्षण गर्ने क्रममा गल्याङको विकट मानिएको ५ नम्बर वडाको जोगिमारामा पुगेर परिक्षण गरेको थियो ।

सो क्रममा १६ जनामा नतिजा पोजिटिभ देखिएको गल्याङ नगरपालिका स्वास्थ्य संयोजक गुनेन्द्र रानाले जानकारी दिनुभयो । पोजिटिभ देखिएका सबै जसोको स्वास्थ्य अवस्था भने गम्भिर नरहेको उहाँले बताउनुभयो ।

परिक्षणका लागि स्वास्थ्य शाखा सँगै गल्याङ नगर अस्पतालबाट चिकित्सकको टोली जोगिमारा पुगेको थियो । नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले आवश्यकताका आधारमा विभिन्न वडामा पुगेर परिक्षण गर्ने क्रमलाई निरन्तरता दिएको भन्दै अझै पनि परिक्षणको क्रम बढाउने बताउनुभयो ।

कोरोना भाइरसको लक्षण सँग मिल्दोजुल्दो लक्षण देखिएका स्थानमा पुगेर परिक्षण गर्ने उहाँको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत शर्माले परिक्षणको आवश्यकता देखिएमा सम्बन्धित वडा अध्यक्ष, स्वास्थ्य शाखा वा नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal