ट्रेन्डीङ्ग

गल्याङ:हेल्थ इन्भारोमेण्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेसनबाट स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ २४ गल्याङ । हेल्थ इन्भारोमेण्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेसनले कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा उपचारका लागि गल्याङ नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

फाउण्डेशनले १०० थान पिपिई सेट तथा अन्य स्वास्थ्य सामाग्री सोमबार नगरपालिका प्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरेको हो ।कार्यक्रममा नगरपालिका प्रमुख भुपराज अधिकारीले संस्थाबाट भएको सहयोगले गल्याङ नगरवासीका लागि महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।


उहाँले अस्पतालमा अहिले विपन्न परिवारका लागि निशुल्क उपचारको व्यवस्था भैरहेको भन्दै कोही पनि नागरिकलाई उपचार नपाउने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो -‘विपन्न परिवार विरामी भएमा घरमै गएर अस्पताल सम्म ल्याइ निशुल्क उपचार गर्ने निणर्य कार्यपालिकाबाट नै भएको छ ।’ उहाँले नगरवासी कहीं विरामी अवस्थामा रहे खबर गरेर सहयोग गर्न पनि आग्रह गर्नुभयो । कोरोनाबाट दिबंगत भएका परिवारलाई नगरपालिकाको तर्फबाट २५ हजारका दरले रकम दिने निणर्य भएको पनि नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।


अहिले सक्नेले नसक्नेलाई सहयोग गर्ने समय भएको भन्दै उहाँले अस्पतालले खरिद गर्नुपर्ने औषधीहरु सक्ने व्यक्तिले खरिद गरि उपचार गर्दा त्यसको आलोचना हुन नहुनेमा जोड दिनुभयो ।
नगरप्रमुख अधिकारीले महामारीको समयमा सबै विरामीलाई बचाउनु नै पहिलो दायित्व भएको भन्दै यसका लागि आर्थिक अवस्था सम्पन्न भएका व्यक्तिबाट किन्नुपर्ने औषधीको मात्रै रकम लिदा अन्यथा मान्न नहुने बताउनुभयो ।

नगर अस्पतालमा बेड तथा अक्सिजन सबैका लागि निशुल्क रहेको दोहोर्‍याउँदै उहाँले सबै मिलेर विपदको सामना गर्नुपर्ने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले आलोचना मात्रै भन्दा पनि सकारात्मक सुझाब दिएर नगरवासीको स्वास्थ्य बलियो बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

कोरोनाको तेस्रो भेरियन्ट पनि आइरहेको भन्ने चर्चा भैरहेको र अहिलेको महामारी पनि कहिलेसम्म रहने भन्ने कुराको टुङ्गो नभएकाले अस्पताल पनि बचाएर सबैको उपचारमा लाग्नुपर्ने उहाँको भनाई छ ।


गल्याङ नगरपालिका वडा नम्बर ९, बेलचौर निवासी, नेपाल नागरिक उड्डयन प्राधिकरण आधिकारिक कर्मचारी युनियनका निवर्तमान महासचिव मिनप्रसाद खनालको पहलमा झण्डै पाँच लाख ५० हजार रुपैयाँ बराबरकोस् वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताइएको छ । कार्यक्रममा खनालले आफ्नो नगरवासीको स्वास्थ्यलाभको कामना सहित स्वास्थ्य सामाग्रीका लागि आफुले पहल गरेको बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, वडा नं. ३ का अध्यक्ष महेश भट्टराई लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal