ट्रेन्डीङ्ग

अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको निधन

जेठ २३ अर्घाखाँची ।

अर्घाखाँचीको शितगंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर–१२, पिरापानीका ४७ वर्षिय विष्णु गैरेको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।

आफ्नै घरमा रहेको कुटानी–पिसानी मिल सरसफाई गर्ने क्रममा करेन्ट लागेर घाईते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?