ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी )जाजरकोटद्वारा मागपत्र बुझायो

जेठ २३ जाजरकोट ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटले आज जिल्ला प्रशासन कार्यलय जाजरकोटलाई मागपत्र बुझाएको छ ।

बर्तमान समयमा कोरोना भाइरसको दोस्रो चरणको विपत्तीले नेपाली समाजलाई आतङकित,युद्ध स्तरमा सङक्रमित र क्षति पुर्याएको छ र जनताले दिनप्रतिदिन दर्जनौको संख्यामा मृत्युुवरण ब्यहोर्नु परिराखेको छ नेपाली जनताको आधारभुत र मौलिकहकको प्रतिनिधित्व गर्ने देशको स्वास्थ्य क्षेत्र दलाल पुजीवादी चरित्र राज्य ब्यबस्थाको कारण जनबिरोधी,कमिसनखोर,भ्रष्टाचार,ब्यापारीकरण,दलालीकरण र कृतिम अभाव सृष्टि गर्ने अखण्डा बन्न पुगेको छ यस्ता कार्यबाट सचेत हुन अपिल गर्दै तत्कालीन अवस्थामा कोरोना भाइरसले पारेको प्रभावलाई न्यूनीकरण गर्न, गर्नपर्ने पहल हामी सबैको भुमिका कस्तो रहने भन्ने बिषयलाई लिएर मागपत्र बुझाईएको छ ।

यस्ता छन् सात बुदे मागहरु
१)कोभिड १९ को यस विषम प्रस्थितीमा जिल्लाका सम्पुर्ण स्थानिय तहमा अक्सिजनको आपूर्ति,आइसियु भेन्टिलेटर,औषधि र जनताका आधारभुत आवश्यकता सहज र सर्भसुलभदरमा उपलब्ध गराउन तत्काल पहल गरियोस।

२)कोभिड १९ संक्रमणको को यस विषम प्रस्थितीमा निजि अस्पतालहरुले जनताहरु अन्य बिरामी जस्तै,ज्यरो,रुघाखोकी,टाउको दुख्ने,शरीर दुख्ने र अन्य बिरामी भएता पनि बिरामीलाई तपाईंलाई कोरोणा नै हो म उपचार गर्दिन भनेर प्रत्यक्ष रुपमा बिरामीलाई हतसाहित बनाउने काम र उपचार गरेता पनि अमानवीय र अनैतिक ढंगले रकम असुली रहेका छन यस्ता कार्यलाइ तत्काल रोक्न लाग्ने शुल्क बाहेक अनावश्यक शुल्क नशुल्न पहल गरियोस।

३)कोभिड १९ संक्रमित बिरामी र बिरामी हेरुवाको सम्पुर्ण खर्च स्थानीय सरकारलेनै ब्योहोर्ने पहल गरियोस।

४)लकडाउनको समय अबधीभर शैक्षिक सस्थाहरुले लिने शुल्क,दैनिक श्रम गरेर जीवन निर्बाह गर्ने मजदुरको कोठा भाडा,कोठा भाडामा बसेका विद्यार्थी,बिपन्न नागरिकको परिवारलाई कोठा भाडा मिनाहा गर्न र तत्कालीन उनिहरुको आधार आवश्यकता जस्तैः चामल,दाल,नुन र तेल राहत उपलब्ध गराउन पहल गरियोस।

५)कोभिड १९ पिसिआर परिक्षण गाउँ गाउँमा गएर गर्नु निकै स्वागत योग्य नै हो तर तत्कालीन अवस्थामा जसरी परिक्षण गरिएको छ त्यो अबैज्ञानिक र हचुवाको भरमा भएकाले त्यसले झन जनताको जनताको मनस्थिति प्रत्यक्षमा हत्साहित हुने खालकाको वातावरण सिर्जना भएको छ तसर्थ:स्थानीय सरकारले सही खालको ब्यबस्थापकिय पक्षलाइ मिलाएर परिक्षण गर्न पहल गरियोस।

६)कोभिड १९ को महामारीले भयाभह रुप लिएको अवस्थामा बैंक तथा बित्तीय सस्थाहरुले बैंक ब्याज तथा किस्ताको लागि प्रत्यक्ष जनतालाइ मानसिक तनाव हुने गरि रकम असुली रहेको छ लकडाउन अवधिभर अनावश्यक तनाव हुने खालका वातावरण सिर्जना नगर्न पहल गरियोस।

७)कोभिड १९ महामारीका शैक्षिक सस्था र विद्यार्थीहरुको भबिस्य निकै चिन्ताजनक र अन्यौल भैरहेको छ यसलाइ स्थानीय सरकारले सही खालकाको ब्यबस्थापन गरि हरेक शिक्षकलाइ टोलटोलमा गएर टोल शिक्षा नीति निर्माण गर्न र शिक्षा मन्त्रालयबाट निर्देशित परिक्षाहरु आन्तरिक मुल्यांकन बिधिबाट गर्न अपिल गरिएको छ यसलाइ कुनै पनि बिधालयले पूर्वाग्रही दृष्टिकोणले आन्तरिक मुल्यांकन नगर्न र मुल्यांकन पारदर्शी निष्पक्ष बनाउन पहल गरियोस ।

अखिल (क्रान्तिकारी) जाजरकोटका अध्यक्ष बिराजन शाही भन्छन् बर्तमान समयमा कोरोना भाइरसको महाबिपत्तीले यतिबेला प्रत्यक्ष रुपमा आम जनसमुदायलाई थिलोथिलो पारेको छ यस्तो अवस्था हाम्रो संगठन आम जनता विद्यार्थीको स्वास्थ्य सुरक्षाप्रती नितान्त जिम्मेवार,उत्तरदायी र संबेनशिल छ।तसर्थ जाजरकोट जिल्लामा पनि बढदो कोरोणा संक्रमण र यसले आम जनसमुदायले भोक्नु परेको क्षति जनमानसमा भएको संन्त्रास हुन सक्ने सम्भाबित संक्रमण बिषय र अवस्थालाइ लिएर हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ सो भाइरससङ्ग लडाइ लडनु हामि सचेत बर्गको दायित्व र कर्तव्य होर हुनुपर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal