ट्रेन्डीङ्ग

अर्घाखाँचीमा विप्लव नेकपाद्वारा जनश्रमदान अभियान सञ्चालन

अर्घाखाँची ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले जनश्रमदान सञ्चालन गरेको छ ।

नेकपा अर्घाखाँचीका जिल्ला सेक्रेटरी खेम घर्तीमगरसहितका नेता कार्यकर्ता भुमिकास्थान नगरपालिकामा जनश्रमदानमा खटिएका छन्

।सेक्रेटरी घर्तीले जनश्रमदान गर्ने पार्टीको नीति अनुसार जनताको घरमा अहिले मकै खन्ने, कोभिड १९ को संक्रमण रोकथामका लागि जनचेतना अभियान चलाउने लगायतको काम गरिरहेको बताए ।

नेकपाका कार्यकर्ताहरु भुमिकास्थान नगरपालिका वडा नं. ३ राईखन्नेमा जनश्रमदान सञ्चालन गरिरहेका छन् ।यो अभियान जेठ २८ गतेसम्म चल्ने सेक्रेटरी घर्तीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal