ट्रेन्डीङ्ग

अर्घाखाँची:विप्लव नेकपाका नेता घर्ती सामाजिक कार्यमा सक्रिय

 

अनिल नेपाली
अर्घाखाँची २५ जेठ ।
विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीको नेतृत्वमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिक वडा न ३ राईखन्नेमा युवाहरु सामाजिक काममा सक्रिय भएका छन ।



नगरपालिकाले विकास निर्माणका काम गरेतापनि जनताको भाबनाअनुसार काम नगरेको भन्दै १०० देखि ५००० हजार रुपैया उठाएर करिब १५० मिटर बाटो ग्राभेल गरेका छन् सधै जस्तो व्यस्त रहने कोहि युवाहरु हातमा खोदालो फरुवा बेल्चा लगायतका औजारहरु बोकेर आएका ७० जना युवाहरुले टोलका बासीन्दाहरु अच्चम पार्ने गरी काम गरेका हुन् स्थानीय ७२ बर्षीय बृद्ध लाल बहादुर पुनले, युवा भाइहरुले यो राम्रो काम हो त्यसैले सामाजिक काममा सबै सक्रिय हुनुपर्ने उनले बताए ।

समाजमा केहि गर्न सकिने रहेछ । लकडाउनको बेला धेरै युवाहरु बेरोजगार छन्, गाँउमै बसेका युवाहरु मिलेर हामी केही गर्ने सक्छौ भन्ने हेतृले काम गरेको राष्ट्रिय युबा सघका जिल्ला सदस्य बाबुराम सारुले बताए । युबाका सदस्य मेघराज घर्तीले भन्छन् हाम्रो एक छिनको सहयोगले कोही ओत मुनि बस्न पाँउछ सजिलो सँग हिड्न पाउछ भने किन सहयोग नगर्ने भनेर पनि आफूहरुले अभियानको थालनी गरेको बताए ।

काममा व्यस्त रहेका नारायण सारु पनि भन्दै थिए, युवाहरु एक भएर काम गर्ने हो भने सानोतिनो सामाजिक काम गर्न सकिने रहेछ भनेर अभियानको थालनी गरेको बताए । मिलन चोक देखि राइखन्ने सम्मको बाटो नगरपालिकाले करिब २५ लाख विनियोजन गरेको थियो तर युवाहरुलाइ चित्तबुदो नभएपछि युवाहरु सक्रिय भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?