ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी)अर्घाखाँचीको भित्तेपात्रो बिमोचन

जेठ २१ अर्घाखाँची ।
विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीले आज एक कार्यक्रमका बिच सन्धिखर्कमा भित्तेपात्रो बिमोचन गरेको छ ।

अखिल (क्रान्तिकारी) अर्घाखाँचीले नयाँ बर्ष २०७८ सालकोे भित्तेपात्रो बिमोचन गरेको हो । बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिष्टका जिल्ला सचिव तथा कार्यक्रमका प्रमुख अतिथी खेम घर्तिले संगठनले गरेको बिमोचन कार्यक्रमलाई बिशेष धन्यवाद दिदैँ सरकारले जनतालाई भेडाबाख्रालाई जस्तै खोरमा थुनेर आफुले हजारौँ जनाको भिडमा सत्ताको खेलमा मात्रै हैन देश नै बेच्न आँटेको छ बताएका छन।

बिभिन्न बाहाना गर्दै नदि, खोलानाला, गिट्टि, बालुवा, काठ लगाएतका राष्ट्रघाति निर्णय गरेको बताएका छन । एमसिसी पास गर्नको निम्ती अहिले सरकारले टिभी, पत्रिका, रेडियोमा प्रचार प्रसार गरिरहेको छ यसै गर्दै जाने हो भने नेपाललाई पनि यो दलाल पुँजिवादी सरकारले सिक्किमीकरण गर्ने बताएका छन् ।

अर्को प्रसंङगमा बाल्दै सरकारले अहिले सम्म पनि ३ बुँदे सहमति कार्यन्वयन गरेको अवस्था छैन, हाम्रा नेता तथा कार्यकर्ताहरु अझै पनि झुठा मुद्धा झेल्दै जेलमा बसेका छन् यस्तो कोरोनाको महामारीमा पनि कसलाई प्रधानमन्त्रि बनाउने भन्ने लुछाचुडी गरिरहेका छन । यद्यपी हामिले भनेका छौँ चुनावनै गर्ने भए संसदिय ब्यबस्था ठिक कि बैज्ञानिक समाजवाद ठिक भनेर चुनाव गर्न भनेका छौँ ।

यस्तै संगठनका जिल्ला इन्चार्ज नविन खड्काले हाम्रो संगठन नेपालको सबै भन्दा अग्रपंत्ती भागमा रहेको संगठन रहेको बताएका छन । विद्यार्थी आन्दोलन बिगत देखि नै गर्दै आएको छ, चाहे त्यो तेलको मुल्य बृद्धि हुँदा होस या शिक्षामा बिकृती बिसङगती हुँदा, सिमा मिचिदा वा नक्सा जारी गर्न सधैभरी बिद्यार्थी संगठनले नेतृत्व गरेको बताएका छन् ।

यस्तै अर्घाखाँचीमा भएका थुप्रै बिसङगतीका बिरुद्धमा हामिले बिभिन्न चरणमा आन्दोलन गर्दै आएका छौँ, शैक्षिक माफियाहरुले लकडाउनको समयमा पनि शु्ल्क उठाएको पाईएको छ, हामिले आगामी दिनमा पनि जस्तो सुकै परिस्थितीमा पनि हामी विद्यार्थी तथा जनताको सेवामा लागिरहने बताएका छन ।भित्तेपात्रो बिमोचन कार्यक्रमलाई अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष बाबुराम एस के ले अध्यक्षता ग्रहण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal