ट्रेन्डीङ्ग

अर्घाखाँची:सन्धिखर्क नगरपालिकाले वडा वडामा परिक्षण

अनिल नेपाली, जेठ २० ,अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कोरोना संक्रमणको सर्ने प्रक्रिया रोक्न परीक्षणलाई वडा स्तरमा केन्द्रीत गरेका छ । महामारी सुरु भएसँगै कोरोना परीक्षणलाई पछिल्ला दिनमा वडावडामा पुर्याइएको सन्धिखर्क नगरपालिकाले जनाएको छ ।

सन्धिखर्कका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले समुदायस्तरमा निःशुल्क कोरोना परीक्षण सुरु भएकोले कन्ट्रयाक्ट ट्रेसिङमा परेका वा कोभिड–१९ को लक्षणसँग मिल्दाजुल्दा स्वास्थ्य समस्या भएका नगरबासीलाई पायक पर्ने परीक्षण स्थलमा गई कोरोना परीक्षण गराउन अनुरोध गरेका छन् । पोजोटिम देखिएका सक्रमितलाई पौष्टिक युक्त खाना खुवाउने निशुल्क औषधी वितरण गर्ने उपप्रमुख विकको भनाई रहेको छ ।

नगरपालिकाले वडामैं एन्टिजिन परीक्षणको व्यवस्था मिलाएको हो ।एन्टिजिन परीक्षणबाट व्यक्तिमा कोरोना संक्रमण भएको वा नभएको तत्काल थाहा हुने स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले बताउनुभयो ।

नगरपालिकाले वडा न १,२,४,७,१०,१२ मा २५० जनामा गरेको कोरोना परीक्षणमा २६ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै ३,५,६,८,११ मा पनि छिट्टै नै स्वास्थ्य चौकी सुचना अनुसार कोरोना परिक्षण गरिने स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले बताउनुभएको छ ।

नगरपालिकामा हाल सम्म ८११ जनामा कोरोना सक्रमण देखिएको हाल १७२ जना सक्रिय सक्रमित ११ जनाको मुत्यु भएको ६२८ जना कोरोना सक्रमण मुक्त भएको स्वास्थ्य शाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal