ट्रेन्डीङ्ग

अर्घाखाँचीमा जेठ ३१ गते निषेधाज्ञा लम्बियो

अनिल नेपाली
अर्घाखाँची २० जेष्ठ ।अर्घाखाँचीमा चौथो पटक निषेधाज्ञा जारी गरिएको छ । यही जेठ १० गते राति देखि जेठ २० गते मध्यरातसम्मलाई तेस्रो पटक जारी गरिएको निषेधाज्ञाको अवधि सकिनैलाग्दा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जेठ ३१ गते मध्यरातसम्मका लागि पुनः ११ दिन निषेधाज्ञा थप गरेको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको मंगलवार सन्धिखर्कमा बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । गत वैशाख २० गतेदेखि ३१ गतेसम्मका लागि जिल्लामा पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो । त्यस यता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रो पटक निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्लामा कोभिड–१९ संक्रमणको दर घट्दै गए पनि जोखिम कायमै रहेकोले निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ पौडेलले बताउनुभयो । आदेशको उल्लंघन गर्नेहरु उपर कोभिड – १९ संकट व्यवस्थापन सम्बन्धमा व्यबस्था गर्न बनेको अध्यादेश,२०७८,को दफा ४, संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही हुने पौडेलले बताउनुभयो ।

जिल्लामा बिहिवारसम्म २ हजार ९८ जनामा कोरोना संक्रमण देखिएकोमा ५४ जनाको ज्यान गइसकेको छ । यस्तै १६ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन । अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ३७१ जना सक्रिय संक्रमित आईसोलेशनामा रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?