ट्रेन्डीङ्ग

कोरोनाको प्रेमी र सुर्तीचुरोटप्रेमि एउटै

गणेश भुसाल जेठ १९ स्याङ्जा ।

आउ साथी येता, लउ खाउ सुर्ती,निकाल जोश र फुर्ती भन्ने केही सुर्तिप्रेमी नेपालीको बानी छ।न आफुले सुर्ती कम खाने ,न सुर्ती चुरोटको आनन्दको फुर्ती कम लाउने उनिहरुलाई अहिले कोभिड पनि भन्दै छ,सुर्ती खान गर्नहुन्न भिड।

यस्तै हासोको पात्र बनेका छन मान्छेको लागी होइन कोरोनाको लागि सुर्ति सङै मर्ने बाच्ने कसम खाएका २४ घन्टे सुर्तिवालाहरु। यहि सुर्ती आफू पनि खाने र सुर्तिकै गुनगान लगाउने नशाका सुभचिन्तकलाई अहिले कोरोनाले आफन्तिमा गासेर उसकै सुभचिन्तक र आफन्ति बनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र एक्शन नेपालले सोमबार काठमाडौमा आयोजना गरेको ‘कोभिड–१९ को सङ्क्रमणबाट बचाउन नागरिकलाई सुर्तीजन्य पदार्थ छुटाउ’ विषयक अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश पाण्डवले सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिलेनै क्षति भइसकेको हुने र सङ्क्रमणले झनै असर गर्ने गरेको बताएका छन।

छ्लफलमा सम्पुर्ण बिज्ञको एउटै निष्कर्ष निस्किएको छ। कलेजोलाई सुर्ती चुरोटले आफू जस्तै कालो र दुर्गन्धित बनाउने विषयमा छलफल भएको थियो। अहिलेसम्म कोभिड संक्रमणको दर हेर्दा कुनैपनी नसा नगर्नेलाई कम मात्रामा संक्रमीत पाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?