ट्रेन्डीङ्ग

काँग्रेस नेता खाँणद्धारा चापाकोट अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

स्याङ्जा १९ जेठ । नेपाली काँग्रेस क्षेत्रीय नम्बर २ का सभापति ईश्वर खाँणले चापाकोट अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ ।

चापाकोट नगरपालिका ९ मा रहेको अस्पताललाई खाँणले ६ हजार पिस मास्क, ३० लिटर सेनिटाइजर, ६ सेट पिपि र ३ पिस थमर्गन अस्पतालका अध्यक्ष रामु बस्याललाई हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै अस्पतालका अध्यक्ष बस्यालले स्वास्थ्य सागाग्री प्रयाप्त नभएको अवस्थामा प्राप्त सहयोगले कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा निरन्तर खटिएका स्वास्थ्यकर्मीलाई बचाउन मद्दत गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य सामाग्री उपलब्ध गराइएको खाँणलाई धन्यवाद दिनुभएको थियो ।

क्षेत्रीय सभापति खाँणले स्वास्थ्य सामाग्री सहयोग गर्न पाउँदा गौरवान्तित भएको भन्दै कठिन परिस्थितिमा आगामी काममा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष मणि खनाल, महिला नेत्री गायत्री आचार्य, नेपाल दरुण दल चापाकोटका अध्यक्ष धिराज खाँण, गल्याङ जेसिसका अध्यक्ष गोपीकृष्ण रेग्मी, अस्पतालका स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal