ट्रेन्डीङ्ग

अर्घाखाँची:११२ जना कोरोना संक्रमणमुक्त

जेठ १९ अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ११२ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा जिल्लाको सन्धिखर्क नगरपालीकाबाट ५४ जना, भुमिकास्थान नगरपालीकाबाट २३ जना,शितगंगा नगरपालीकाबाट ३ जना,मालारानी गाउँपालीकाबाट १६ जना,पाणिनी गाउँपालीकाबाट ८ जना र छत्रदेव गाउँपालीकाबाट १७ जना गरी ११२ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म १६ सय ७३ जनाले कोरोनालाई जितेका छन ।

यस्तै बुधवार थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ७ जना, भुमिकास्थान नगरपालीकामा १ जना, शितगंगा नगरपालीकामा ८ जना,मालारानी गाउँपालीकामा २ जना र पाणिनी गाउँपालीकामा २ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ९८ पुगेको छ ।
अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ३७१ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा ११५ जना, भुमिकास्थान नगरपालीमा ८२, शितगंगा नगरपालीकामा ९२ जना, मालारानि गाउँपालीकामा २५ जना, पाणिनि गाउँपालीकामा ११ जना र छत्रदेव गाउँपालीकामा ४६ जना सक्रिय संक्रमित रहेका छन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal