ट्रेन्डीङ्ग

पश्चिम नवलपरासी ६४ जना संक्रमण मुक्त,३ जनाको निधन

जेठ १९ परासी ।
पश्चिम नवलपरासीमा ६४ जना कोरोना संक्रमित निको भएका छन । यो संगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई हजार ८ सय ६१ पुगेको छ ।

जिल्लामा कुल संक्रमितको संख्या चार हजार, एक सय ९७ पुगेको छ । आज बुधबार सबै भन्दा बढी सरावल गाउपालिकामा १८ जना महिला र १० जना पुरुष गरी २८ जनामा संक्रमण पुष्टि भएको छ । बर्दघाट नगरपालिकामा ११ जना, सुनवल नगरपालिकामा २ जना गरि आज ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यस्तै गरी जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २ सय १ रहेको छ । कोरोना संक्रमणबाट रामग्राम १ कि ५६ बर्षिय महिला ,त रामग्राम १६ का ५० बर्षिय पुरुष र त्यसैगरि ,बर्दघाट २ का ८४ बर्षिय पुरुष सगै जिल्लामा आज ३ जनाको ज्यान गएको छ।जिल्लामा मृत्यु हुनेको संख्या एक सय ३५ पुगेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal