ट्रेन्डीङ्ग

अर्घाखाँची:रेडक्रसद्धारा स्वास्थ्य सामाग्री प्रदान

अर्घाखाँची १९ जेठ । नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची शाखाले प्रमुख जिल्ला अधिकारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

आज एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सभापति शम्भु पोख्रेलले पिपिइ सेट ६० सेट, सर्जिकल मास्क ५ हजार थान र डेथ बोडी ब्याग १० वटा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।

कोरोनाको दोस्रो लहर चलिसकेपछि नेपाल प्रहरीलाई २ हजार पिस, नेपाल आर्मीलाई १ हजार पिस र शसस्त्र प्रहरीलाई १ हजार पिस मास्क यस अघिनै हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति कुशल भुसालले बताउनु भयो ।

रेडक्रसले प्रदान गरेका स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मी , सुरक्षाकर्मी लगायत आबश्यक स्थानमा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो ।


रेडक्रसले अर्घाखाँची मात्र नभएर लुम्विनी प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्य सामाग्रीहरु प्रदान गरिरहेको रेडक्रसका केन्द्रिय सदस्य तथा लुम्विनी प्रदेशका सभापति शम्भु पोख्रेलले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal