ट्रेन्डीङ्ग

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा लागु औषध सहित २ युवा पक्राउ

कृष्णनगर, कार्तिक, ४
कपिलवस्तु बाट लागु औषध सहित २ युवा पक्राउ परेका छन । कपिलवस्तु जिल्लाको इलाका प्रहरी कार्यालय कृष्णनगर
र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर बाट सिमा गस्तिमा खिटिएको डियुटी टोलीले जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. १ मन्कौरा स्थितमा संकास्पद अबस्थामा पैदल हिडि भारत बाट नेपाल तर्फ आईरहेका सोधपुछको क्रममा जिल्ला दाङ घोराही उपमहानगर पालिका वडा नं. १४ श्रीगणेश टोल घर बताउने बर्ष २० को आकाश गुप्ता र सोही उपमहानगर वडा नं. १० बबई बस्ने बर्ष २१ को विजय कुमार वानियाको साथ बाट लागु औषध NITRAVET- 10 लेखेको १५ पत्ताको १५ ट्याब्लेटका दरले २२५ ( दुई सय पच्चिस ) ट्याब्लेट र TRAMOL-50 लेखेको ३० पत्ताको १० क्याप्सुलका दरले ३०० क्याप्सुल फेला परेको छ । आवस्यक कार्यवाहीको लागी इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरले दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal