ट्रेन्डीङ्ग

लोकसेवामा सोधिने आर्थिक बर्ष २०७८।२०७९ को बजेट सम्बन्धि सामाग्री

आर्थिक बर्ष २०७८।२०७९ को बजेट
=======================

• अर्थमन्त्री विष्णुप्रसाद पौडेल द्वारा प्रस्तुत वि.सं. २०७८ जेठ १५ गते

• कुल बजेट : १६ खर्ब ४७ अर्ब ५७ करोड
बजेट बाडफाट
=========

• चालु : ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१.२ प्रतिशत

• पुँजीगत : ३ खर्ब ४७ अर्ब २६ करोड अर्थात् २२.७ प्रतिशत

• वित्तीय व्यवस्था : २ खर्ब ७ अर्ब ९७ करोड अर्थात् १२.६ प्रतिशत

• वित्तीय हस्तान्तरण : ३ खर्ब ८६ अर्ब ७१ करोड अर्थात् २३.५ प्रतिशत
स्रोत
=====
• राजस्व : १० खर्ब २४ अर्ब ९० करोड
• वैदेशिक अनुदान : ६३ अर्ब ३७ करोड
• वैदेशिक ऋण : ३ खर्ब ९ अर्ब २९ करोड
• आन्तरिक ऋण : २ खर्ब ५० अर्ब
बजेटको मुख्य विशेषताहरु
=================
– गत आ.व को आर्थिक वृद्धि : – २.१ %

-चालू आ.व २०७७/७८ को आर्थिक वृद्धि : ४% हुने अनुमान

-चालू आ.व मा प्रतिव्यक्ति आय : ११९१ $

– सम्पुर्ण नागरिकलाई निशुल्क कोभिड खोप दिलाउन 26 अर्ब 75 करोड विनियोजन

– सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको छ

– मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरी १२ हजार पुर्‍याएको

– काठमाडौं उपत्यकामा ३ सय शैय्याको र सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पताल निर्माण गर्न १ अर्ब ३० करोड विनियोजन गरेको

-स्वास्थ्यको बजेट १ अर्ब २२ अर्ब, खोपका लागि २६ अर्ब ७५ करोड

– सरकारले जेष्ठ नागरिकको भत्ता बढाएर ४ हजार पुर्याइएको

– जेठ महिनादेखि नै लागु हुनेगरी खानेपानीका ग्राहस्थ उपभोक्तालाई २० हजार लिटर खानेपानी छुट दिइने

– युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा उपालब्ध गराउने

– प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोज गरेको

– निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने

– दुध र तरकारी मा 2 बर्ष भित्र ,गहुँ म 3 बर्ष र धान मा ५ बर्ष भित्र आत्म निर्भर हुने

-3 बर्ष भित्र रासायनिक मल कारखाना स्थापना गर्न 12 अर्ब

-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन

– सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको

– तरकारी, दूध र माछा–मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान दिने घोषणा गरेको

– सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको

– सरकारले ४० माइक्रोभन्दा पातलो प्लाष्टिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ

– सरकारले मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङ लगायत दुर्गम क्षेत्रका २० जिल्लामा मातृ प्रतिक्षा गृह सञ्चालनमा ल्याउने भएको

– सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको

– औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पु¥याइने सरकारले घोषणा गरेको

– सरकारले पहाडको ओरोलो बाटो ढलानमा नेपाली सिमेन्ट फलामको प्रयोग अनिवार्य गरेको छ ।

– शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ

– सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने

-सरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्‍याएको छ

– तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन

– सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०७९÷७९ का लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ ।

– सरकारी कर्मचारीको तलब मासिक 2 हजार बढ्यो । रु. १ लाख स्वास्थ्य विमा र दुर्घटना विमा १० लाख

– सबै प्रदेश मा निजामती बिद्यालय स्थापना गरिने

– सुरक्षाकर्मिको 15% रासन भत्ता वृद्धि

– अगामी बर्ष सगरमाथा सम्बाद आयोजना गरिने

– श्रम जिवि पत्रकार लाई ७ लाख बराबर को बिमा

– सरकारले ताप्लेजुङको सुकेटारस्थित
विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ

– स्व. आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने #संकलनकर्ता:गरिमा विसि

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal