ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी) नवलपरासीद्वारा बिरोध प्रदर्शन

कार्तिक १ नवलपरासी । अखिल ( क्रान्तिकारी) नवलपरासीले विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ। नेपाल राष्ट्रिय स्वाधीनता माथिको हस्तक्षेप र सम्झना कामी लगायत देशभर भएका बलात्कार पछिको हत्या विरुद्धको प्रदर्शन गरेको हो । देशमा सामाजिक दलाल पुँजीवादले संस्था सञ्चालन गरेका छन्। यस संस्थाले जनताको कुनै पनि अधिकार सुनिश्चित नगर्ने र उल्टै जनताको अधिकार खोसी मोजमस्ती गरिरहेका संसदवादी दलका नेताहरु गफ मात्र गर्ने र जनतालाई भ्रम सिर्जना गर्ने काम गरेको भन्दै अखिल क्रान्तिकारी नवलपरासीका जिल्ला संयोजक सुशील परिवारले उक्त कार्यक्रममा बोल्दै भनेका थिए सरकार कमजोर भएका कारण विदेशी साम्राज्यबादी शक्तिहरूले हाम्रो राष्ट्रिय स्वाधीनता माथि हस्तक्षेप गर्दै आएको भन्दै परियारले भनेका थिए। अहिलेको केपि ओली सरकार असफल भएको समेत उनले भनेका थिए। समाजमा घटिरहेको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार विभेद जस्ता घटनाहरू दिन प्रति दिन बढदै गहिरहेका छन्।


बलात्कार जस्ता जघन्य घटनाहरु घट्नुको मुख्य कारण दलाल पुँजीवादी राज्य व्यवस्था र सरकार कमजोर भएकै कारण ले हो उनले भनेका थिए। समाजमा घट्ने सबै खाले घटनाहरू जस्तै हत्या हिंसा अन्याय अत्याचार विभेद हरुको अन्त्य एकीकृत जन क्रान्ति मार्फत वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने संयोजक परियारले भने । उक्त कार्यक्रम को सञ्चालक अखिल (क्रान्तिकारी)का जिल्ला सहसचिव सुबास शर्माले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?