ट्रेन्डीङ्ग

कोरोना कहर : पछिल्लो २४ घण्टामा ७२२६ संक्रमण मुक्त

१३ जेठ, बुटवल । कोरोना संक्रमण मुक्त हुनेको सख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal